रेक्टर र डिनको कार्यालय तोडफोड गर्ने नेविसंघका कार्यकर्तालाई कारबाही गर्न अनेरास्ववियुको माग

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा रेक्टर खड्ग केसी र विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिन शंकर खनालको कार्यकक्षमा भएको तोडफोडको विद्यार्थी संगठनले विरोध जनाएका छन् ।

एमाले निकट अनेरास्ववियुले विज्ञप्ति जारी गरेर शुक्रबार रेक्टर डिनको कार्यालयमा भएको तोडफोडको विरोध जनाएको हो ।

अनेरास्ववियु अध्यक्ष समिक बडालले कार्यालय तोडफोड गर्नुअत्यन्त निन्दनीय बताएको बताउँदै नेबिसंघबाट निर्वाचित स्ववियु सदस्यसहितको समूहद्वारा गराइएको आक्रमण शिक्षण संस्थानको गरिमा र लोकतान्त्रिक अभ्यासविरुद्धको गम्भीर आघात पुगेको बताए ।

शुक्रबार बिहान नेबिसंघबाट निर्वाचित स्ववियु सदस्यसहितको समूह रेक्टर र डिनको कार्यालय तोडफोड गरेका थिए ।

अध्यक्ष बडालले हिंसा र तोडफोड कुनै पनि हालतमा स्वीकार्य हुन नसक्ने बताउँद घटनामा संलग्न व्यक्तिहरूलाई कानूनअनुसार कारबाही गर्न माग गरेका छन्। साथै उनले अराजक प्रवृत्तिमा संलग्न आफ्ना कार्यकर्तामाथि संगठनात्मक कारबाही गरी स्ववियु निर्वाचनको वातावरण स्वस्थ्य बनाउन नेबिसंघको नेतृत्वलाई आग्रह गरेका छन् ।

उनले भने,‘शिक्षा प्रतिष्ठानभित्रको अशान्ति कुनै पनि विद्यार्थीलाई स्वीकार्य हुन सक्दैन। स्वस्थ प्रतिस्पर्धा र लोकतान्त्रिक मूल्यमान्यताभित्र रहेर अघि बढौ।’ उनले स्ववियु निर्वाचन बिथोल्ने अभिप्रायले उक्त घटना घटाइएको दाबी समेत गरे ।

Comments

One response to “रेक्टर र डिनको कार्यालय तोडफोड गर्ने नेविसंघका कार्यकर्तालाई कारबाही गर्न अनेरास्ववियुको माग”

  1. ksp pyl Avatar
    ksp pyl

    तोडफोड गर्ने जो भए पनि गुण्डा हुन् । टोले गुण्डा, हप्ता उठाउने गुण्डा र यिनमा केही फरक छैन । अरू गुण्डालाई ईन्काउण्टरमा सिध्याईदिएपछि गुण्डागर्दी कम भएको छ । आवश्यक पर्दा यिनलाई पनि कडा कारवाही गर्न बाँकी नराख । गृहमन्त्री कहाँ छन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *