काठमाडौं । फिफा महिला वरियतामा नेपाल ४ स्थान माथि उक्लिएको छ ।
फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ४ स्थान माथि उक्लिदै ९९औं स्थानमा पुगेको हो । नेपाल यसअघि १०३औं स्थानमा थियो ।
नेपालले गत साता घरेलु मैदानमा फोर नेसन्स वुमन्स इन्टरनेशनल फुटबल प्रतियोगिता खेलेको थियो । उक्त खेलमा नेपालले दुई खेलमा जित, एक खेलमा बराबरी र एक खेलमा हार बेहोरेको थियो ।

Leave a Reply