डीपी अर्यालको आरोप- श्रम मन्त्रालय घुसको अड्डा बन्यो, ताहाचलमा दैनिक ७५ लाख असुली हुन्छ (भिडिओ)

काठमाडौं । रास्वपाका उपसभापति डीपी अर्यालले श्रम मन्त्रालय घुसको अड्डा बनेको आरोप लगाएका छन् । पूर्वश्रममन्त्रीसमेत रहेका अर्यालले प्रतिनिधिसभा बैठकमा बोल्दै सरकारको ध्यानाकर्षण गराए ।

उनको भनाइ जस्ताको तस्तै

देशमा रोजगारी नपाएर युवाहरू दैनिक हजारौं विदेशिएको समाचार अब नयाँ रहेन । हामीसँग श्रम मन्त्रालय छ । मन्त्रालयको उद्देश्य भनेको रोजगार सिर्जना, युवाहरुलाई देशमा बस्ने वातावरण बनाउने हो, तर मन्त्रालयलाई कहिले बिचौलियाले चलाएको आरोप छ त ट्रेड युनियनका सदस्यहरूलाई विदेश घुमाएको आरोप ।

तर अहिले विदेशिन बाध्य युवाहरूसँग घुस सङ्कलन गर्ने अड्डा बनेको बजारमा जानकारी छ । ताहाचल कार्यालयमा दैनिक करिब ७५ लाख घुस असुली भइरहेको मन्त्री र डीजीलाई जानकारी गराउँदासमेत बेखबर हुनु भनेको अब मन्त्रालय घुसको अड्डा बनेको हो ? सरकारको ध्यानाकर्षण होस् ।

Comments

One response to “डीपी अर्यालको आरोप- श्रम मन्त्रालय घुसको अड्डा बन्यो, ताहाचलमा दैनिक ७५ लाख असुली हुन्छ (भिडिओ)”

  1. bharat kumar thapa Avatar

    मन्त्री हुदा खाएको याद आए छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *