वसन्तपुरमा ठड्याइयो होलीको चीर (तस्बिरहरू / भिडिओ)

काठमाडौं । काठमाडौंको वसन्तपुर हनुमानढोकामा विधिवत रूपमा चीर ठड्याएसँगै फागु (होली) सुरु भएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले निर्धारण गरेको विशेष साइत अनुसार आज बिहान ८ः ३३ बजे बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको चीर उठाइएको हो।

हनुमानढोका दरबारको मूलद्वार अगाडि रंगीचंगी कपडाले सिंगारिएको चीर गाडिएपछि देशभर होली पर्व सुरु भएको मानिन्छ ।

योसँगै देशभर औपचारिक रूपमा फागु पर्व सुरु भएको छ । चीर ठड्याउन नेपाली सेना, गुर्जुको पल्टनलगायतले सहयोग गरेको थियो । भगवान् कृष्णले गोपिनीहरू नुहाउन गएका बेला कपडा चोरेर रुखमा झुन्ड्याइदिएको पौराणिक कथाको स्मरणमा चीर ठड्याउने परम्परा रहिआएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *