अदालतको आदेशमा पूर्वमन्त्री किरातीको आशंका- हे पशुपतिनाथ, कसले कति करोड घिच्यो नि !

काठमाडौं । पशुपतिको गौशाला धर्मशालाबारे पाटन उच्च अदालतको आदेशलाई लिएर पूर्वपर्यटनमन्त्री सुदन किरातीले लेनदेनको आशंका गर्दै रुखो टिप्पणी गरेका छन् ।

न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र हेमन्त रावलको संयुक्त इजलासले बुधबार गौशाला धर्मशाला सञ्चालनका लागि पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरको सम्झौता खारेज गरेसँगै पुन: मारवाडीलाई चलाउने बाटो खोलिदिएको थियो ।

फैसला गर्ने उच्च अदालतका न्यायाधीशहरूलाई ‘बधाई’ भन्दै माओवादीका सांसदसमेत रहेका किरातीले लेखेका छन्,’हे ! पशुपतिनाथ तिम्रो मुखेन्जी फेरि कसले कति करोड घिच्यो नि ? यो संसारको कुनै पनि कोटमा हार्ने मुद्दा होइन ।’

किरातीको फेसबुक स्टाटस जस्ताको तस्तै-

 हे ! पशुपतिनाथ तिम्रो मुखेन्जी फेरि कसले कति करोड घिच्यो नि ? यो संसारको कुनै पनि कोटमा हार्ने मुद्दा होइन । भगवानलाई पनि मिलिमिली लुटी राख्नु भएको छ । छिटो लुट्नुहोस् अब यस्तो समय धेरै दिन नरहन सक्छ । २०८० साउन १७ मा सम्झौता भंग गरिएको थियो । त्यसविरुद्ध समितिले जिल्ला अदालतमा मुद्दा गरेको थियो । जिल्ला अदालतले १६ असोज २०८१ मा मारवाडी समितिको माग दाबी नपुग्ने फैसला गरेको थियो । अहिले उल्टो फैसला गर्ने उच्च अदालत र श्रीमानलाई बधाई छ साथै पशुपतिनाथ र पशुपतिनाथको गोठालोप्रति दु:ख व्यक्त गर्दछु ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *