विदुर सुवेदीकाे अध्यक्षतामा मानव अधिकार एलायन्सकाे नयाँ कमिटी (सूचाीसहित)

काठमाडौं । मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाइन्स) को छैठौं राष्ट्रिय महाधिवेशनमा कोशी प्रदेशका विदुर सुवेदीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । यो सत्तारुढ नेकपा एमालेको जनसंगठन हो ।

काठमाडौंमा फागुन २१ र २२ गते भएको महाधिवेशनले सुवेदीको नेतृत्वमा ९ सदस्य पदाधिकारीसहितको नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको हो । एमालेले जनसंगठनमा पदाधिकारीको संख्या ९ बनाउने निर्णय गरेको पहिलोपटक यहाँबाट कार्यान्वयनमा आएको हो । यसअघि यसमा २१ जना पदासधकारी रहेका थिए

समितिको उपाध्यक्षमा गण्डकी प्रदेशकी मञ्जु गुरुङ, मधेश प्रदेशका मो. नइम अन्सारी महासचिवमा गण्डकीका तिमोत्तम पौडेल, उपमहासचिवमा बागमती प्रदेशका नरेन्द्र डंगोल र संगठन सचिव मधुसुदन सापकोटा बागमती, प्रचार सचिवमा लुम्बिनी प्रदेशका प्रदिपकुमार लामिछाने, विदेश सचिवमा बागमतीका रोशना खड्का र सचिव अर्थमा कोशीका पिवन्त न्यौपाने न्यौपाने निर्वाचित भएका छन् ।

त्यसैगरी  इन्चार्जहरुमा रुद्र सिटौला कोशी, कृष्ण लामा मधेश, रत्न कंडेल बागमती, अनन्त श्रेष्ठ गण्डकी, प्रभातकुमार ठकुरी लुम्बिनी, दिपेन्द्र प्रकाश डिसी कर्णाली र कोमल निरञ्जन भाट सुदूरपश्चिम रहेका छन् ।

त्यसैगरी सबै सदस्यहरु सहित ६५ सदस्य कार्यसमिति र रामचन्द्र पौडेलको अध्यक्षतामा चार सदस्य लेखा समिति चयन गरिएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *