‘निकासी पैठारी (नियमन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत

काठमाडौं । निकासी पैठानी (नियमन) विधेयक, २०८१ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट सर्वसम्मत स्वीकृत भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उक्त प्रस्तावमाथि बिचार गरियोस् भन्ने प्रस्ताव पेश गरेकोमा सर्वसम्मत स्वीकृत भएको सभामुख देवराज घिमिरेले घोषणा गरेका हुन् ।

प्रस्ताव स्वीकृत हुनु अघि प्रतिनिधि सभाका विभिन्न सांसदले ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१’ माथी बिचार गरियोस् भन्ने प्रस्तावमाथीको छलफलमा भाग लिएका थिए ।

प्रतिनिधि सभाबाट उक्त प्रस्ताव पारित भएसँगै अब उक्त विधेयकमाथीको संशोधन प्रस्ताव आगामी ७२ घण्टाभित्र संघीय संसद सचिवालयको प्रतिनिधि सभा विधेयक शाखामा पेश गर्न सक्ने सभामुख घिमिरेले जानकारी गराए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *