स्वास्थ्यमन्त्रीलाई बर्खास्त गर्न अमरेशको माग- सचिव नियुक्तिमा आपत्ति (भिडिओ)

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई बर्खास्त गर्न माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै स्वास्थ्यमन्त्रीलाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग गरे।

उनले भने, स्वास्थ्य मन्त्री मैले नै पढाएको विद्यार्थी हो, तर उहाँले भन्नुभएको त यो मन्त्रालयमा कुनै मधेसी रहँदैन । शाखामा प्रमुख भएन । त्यतिमात्रै होइन जनजाति र दलित पनि हुँदैन ।’

उनले कांग्रेस र एमालेले फेरि प्रतिगमनकारी शक्तिसँग मिलेर मधेसी, जनजाती, दलित महिलालाई संविधानको समावेशितालाई च्यात्न खोजेको आशंका व्यक्त गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *