रास्वपा सांसद ढकालको प्रश्न- घरघरमा ग्यासको पाइप पुर्‍याउँछु भनेको कति वर्ष भयो ? (भिडिओ)

काठमाडौं । रास्वपा सांसद हरि ढकालले सरकार कमिसन बढाउनुपर्‍यो भन्ने व्यापारीहरू खोजी खोजी हिँडिरहेको टिप्पणी गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै आज मूल्यवृद्धिले जनता आक्रान्त भइरहेको बताए।

उनले भने, ‘कति वर्ष भयो घरघरमा ग्यासको पाइप पुर्‍याउने भनेको ? मैले मात्रै सुनेको हो कि यहाँ भएका माननीयहरूले पनि सुन्नुभएको हो, दश वर्ष जति भएछ। जसले बिजुली चुलोसम्म पुर्‍याउने नीति बनाउँदथ्यो। यसलाई चाहिँ सरकार कारबाही गर्न हात धोएर लागेको छ। एक रुपैयाँ तेलको मूल्य बढ्दै बानेश्वरमा टायर बाल्ने अखिलका दाइहरू पनि अहिले यही हुनुहुन्छ। आज यति विधि आक्रान्त मूल्यवृद्धि हुँदै गर्दा किन मौन हुनुहुन्छ।’

उनले सरकारले कुलमान घिसिडलाई हटाउन खोजेको भन्दै असन्तुष्टि जनाए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *