काठमाडौं । वरीयता मिचेर आफूभन्दा कनिष्ठलाई स्वास्थ्य मन्त्रालयको सचिव बनाइएको भन्दै अतिरिक्त सचिव संगिता कौशल मिश्रले राजीनामा दिने भएकी छन् ।
मधेशी महिला भएकै कारण आफुमाथी स्वास्थ्यमन्त्री पौडेलले पौडेलले विभेद गरेको आरोप समेत उनले लगाएकी छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले तेस्रो नम्बरमा सिफारिस गरेका अतिरिक्त सचिव डा. विकास देवकोटालाई स्वास्थ्य सचिवमा बढुवा गरेको थियो ।
पहिलो नम्बरमा सिफारिस भएर पनि बढुवा नपाएकी मिश्रले नेपाल प्रेससँग भनिन्, ‘कि मलाई कुनै अर्को ठाउँमा सचिव बनाएर सरकारले पठाउनुपर्यो, होइन भने जुनियर कर्मचारीको मातहत बसेर काम गर्न सक्दिनँ । यदि जुनियरलाई वा जसलाई पनि बनाउने हो भने त आठौँ तहको अधिकृतलाई पनि सचिव बनाए भैहाल्यो नि ! किन वरीयता चाहियो होइन र ? कुनै न कुनै निर्णय गर्छु, त्यसै विषयमा गम्भीर भएर सोचिरहेको छु ।’
डा. मिश्रले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आफूलाई महिला र मधेशी भएकै कारण मन्त्रालयमा आएदेखि नै हेप्दै र विभेद गर्दै आएको तथा अहिले बढुवाका क्रममा पनि अन्याय गरेको आरोप लगाइन् ।
उनले भनिन्, ‘मलाई महिला र मधेशी भनेर हेप्नुभएको छ । सुरूदेखि नै विभेद गर्दै आउनुभएको थियो । मन्त्रालयमा उहाँले जिम्मेवारी सम्हालेदेखि नै मलाई खासै जिम्मेवारी पनि दिनुभएको थिएन । विभिन्न समिति बनाउँदा पनि कुनै समितिमा राख्नुभएन ।
डा. संगिताले स्वास्थ्यमन्त्री पौडेलकै दबाबमा पहिलो पटक स्वास्थ्य मन्त्रालयको सचिव बढुवामा वरीयता तथा मेरिटोक्रेसी मिचिएको दाबी गरेकी छन् । मन्त्रिपरिषद् बैठकमा मन्त्री पौडेलले डा. संगिता कुनै पनि हालतमा हुँदैन,काम गर्न सकिन्न भनेर अडान लिएको सूचना आफूलाई अर्का मन्त्रीले दिएको बताइन् ।
डा. मिश्रमले महिला सोझो र दबाबमा काम नगर्ने भएकाले स्वास्थ्यमन्त्री पौडेलका अनियमिततामा साथ नदिएका कारण आफूमाथि विभेद गरेको आरोप समेत लगाएकी छन् ।
उनले भनिन्, ‘स्वास्थ्यमन्त्री पौडेल भ्रष्ट मन्त्री हो, बाहिरबाट राम्रो देखिएको मात्र हो । महिलाले अनैतिक काममा साथ दिँदैनन्, त्यसैले उहाँले राख्नहुन्न । मन्त्रालयमा म बाहेक उच्च स्तरमा एउटा पनि महिला कर्मचारी छैन । अब १५ देखि २० वर्ष कुनै महिला मन्त्रालयमा नआउने वातावरण अहिलको मन्त्रीज्यूले बनाउनुभयो, यो एदमकै दुःखद छ ।’
मन्त्रीले यदि विकास देवकोटा नहुने भने आफू मन्त्री पदमा नबस्ने अडान लिएपछि मन्त्रिपरिषदले एक नम्बरको सिफारिस मिचेको उनको दाबी छ । मन्त्री पौडेलले आफ्नो करियर नै समाप्त पारेको उनले बताएकी छन् ।

Leave a Reply