विराटनगर । नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान भएको मतदानमा ८सय ८८ मत खसेको छ ।
बिहान १० वजेदेखि शुरु भएको मतदान केहीबेर अघि सम्पन्न निर्वाचनमा ९७ प्रतिशत मतदान भएको निर्वाचन अधिकृत डिल्लीराम घिमिरेले बताए ।
अधिवेशनमा ९११ जना प्रतिनिधि भएपनि ८८८ जनाले मतदान गरेका छन् । २३ जना अनुपस्थित रहे । नयाँ नेतृत्व चयन सर्वसम्मत हुन नसकेपछि अधिवेशनमा दुई समूहबीच प्यानलगत प्रतिस्पर्धा छ ।
संस्थापन समूहबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा र उपसचिवद्वयमा शिल्पा निराला कार्की र इर्जालाल राजवंशी र इतर समूहबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा तथा उपसचिवद्वयमा सन्तोष बान्तवा र उषा झा (ठाकुर) प्रतिष्पर्धामा छन ।
अधिवेशनमा ३ सय २५ जनाले मनोनयन दर्ता गराएका थिए । तीमध्ये ७१ जना निर्विरोध निर्वाचित भए भने ६३ जनाले उम्मेदवारी फिर्ता लिएका थिए ।
शनिबारदेखि जारी अधिवेशनले पाँच पदाधिकारीसहित १ सय ६५ सदस्यीय कार्यसमिति चयन गर्ने छ । मत गणना भने भोलिबाट मात्रै हुन छ ।

Leave a Reply