कुलमान घिसिङ प्रमुख अतिथि भएकै कार्यक्रममा विद्युत् कटौती भएपछि कार्यालय प्रमुखलाई तनाव

रुपन्देही । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ प्रमुख अतिथि भएको विद्युत् प्राधिकरणको कार्यक्रममा विद्युत् कटौती भएपछि कार्यालय प्रमुख र त्यहाँ रहेका कर्मचारीलाई तनाब भएको छ ।

आज बुटवलमा नेपाल विद्यत् प्राधिकरण लुम्बिनी प्रदेशले आयोजना गरेको सम्मान कार्यक्रममा प्रमुख अतिथि रहेका थिए घिसिङ । दिउँसो ३ बजे भनेर सम्मानितका लागि बोलाइएका विभिन्न जिल्लाबाट पालिका प्रमुख आएका थिए तर निर्धारित कार्यक्रमभन्दा करिब डेढ घन्टा पछि घिसिङ आएपछि प्रशासन प्रमुख भोजराज पोखरेलले कार्यक्रम संचालन गरेका थिए ।

प्रदेश कार्यालयका प्रमुख हरिप्रसाद पाण्डेले त्यो कार्यक्रमको अध्यक्षता गरेका थिए । सुरुवाती चरणबाटै कार्यक्रमको संचालनमा निकै अलमल परेका पोखरेललाई घिसिङले यसो नगर्न निर्देशन पनि गरिरहेका थिए ।

सञ्चालकले कार्यक्रम नै लथालिंग पारेपछि कार्यालय प्रमुखले आफ्नो सिट नै छाडेर संचालकको नजिक गएर सिकाइरहेका थिए । यति गर्दा पनि अलमलमा परेपछि घिसिङले यस्तो तरिकाले कतिबेला सकाउने हो भन्दै झर्किएका थिए ।

अतिथि तथा सहभागी सबैलाई पट्टयार लागेको त्यो कार्यक्रमको बीचमै लाइन गएर अँध्यारो भएपछि उनी फेरी अलमल परे । केही समय सबै कर्मचारी भित्रबाहिर गरेपछि लाइन आयो र कार्यक्रम अघि बढेको थियो ।

कार्यालय प्रमुख पाण्डे तथा त्यहाँ रहेका त्यो कार्यालयका कर्मचारीलाई यसले थप तनाबमा पारेपनि यसलाई भने घिसिङले सामान्य नै लिए । लाइन जाँदा पनि उनले अअन्त ध्यान दिएनन । उनले सम्बोधनका क्रममा सामान्य समस्या कहिलेकाँही आउने बताएर यसलाई सामान्य बनाएका थिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *