काठमाडौं । वायुकाे तीव्र वेग (टेलविण्ड) २० पुग्दा त्रिभुवन विमानस्थलमा ४ वटा जहाज डाइभर्ट भएको छ भने एउटा जहाज अझै आकाशमा घुमिरहेको छ । ४ वटा जहाजमध्ये एउटा जहाज भैरहवामा ल्याड भएको छ । भने ३ वटा जहाज भारतका विभिन्न विमान स्थलमा डाइभर्ट भएको हो ।
दुबईबाट आएको एयर अरेबियाको विमान ल्याण्ड हुन नसक्दा भारतको वाराणसी डाइभर्ट गरिएको छ । यसका साथै अन्य तीन विमान पनि ल्याण्ड हुन सकेनन् । चीनबाट आएको एयर चाइनाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड हुन नसक्दा भैरहवा डाइभर्ट गरिएको छ भने दिल्लीबाट आएको इन्डिगोको जहाज दिल्ली नै फर्किएको छ । मलेसियाबाट आएको बटिक एयर कोलकत्ता डाइभर्ट भएको छ ।
दोहाबाट आएको कतार एयरवेज आकाशमै होल्ड भएको छ । त्रिभुवन विमान स्थलका प्रवक्ता रेन्जी शेर्पाले टेलविण्ड २० सम्म पुग्दा अन्तर्राष्ट्रिय जहाज अवतरण हुन नसेको बताए ।
उनले भने, ‘टेलविण्ड २० सम्म पुगको थियो । टेलविण्ड भनेको जहाजको पछाडिको भागबाट आउने हावा हो । २० पुग्नु भनेको खतरा नै हो । जहाजले १८/२० टेलउइन पुग्दा जहाज ल्याड गदैनन् । आन्तरिक उडानमा भने केही समस्या छैन । करिब आज ३ बजेदेखि साढे ५ बजेसम्म ल्याड हुन सेकेको थिएन ।’

Leave a Reply