काठमाडौं । लाओसका लागि गैरआवासीय नेपाली राजदूत धनबहादुर ओलीले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन् । राष्ट्रपति थङ्लुन सिसौलिथले ओहोदाको प्रमाणपत्र मंगलबार बुझाएका हुन् ।
लाओसको राष्ट्रपतिय दरबार ‘हो खाम’मा राजदूत ओलीले प्रमाणपत्र बुझाएका हुन् । प्रमाणपत्र बुझाएपछिको शिष्टाचार भेट तथा संवादमा राजदूत ओलीले नेपालका राष्ट्रपति तथा नेपाली जनताको तर्फबाट राष्ट्रपति सिसौलिथको सुस्वाथ्य तथा खुशीको कामना व्यक्त गरेका थिए ।

सोही अवसरमा राजदूत ओलीले लाओसका विदेशमन्त्री तथा अरु पदाधिकारीहरुसँग पनि भेट गरेका थिए । नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने लाओस २३ औं मुलुक हो ।
सन् १९६० मे २० मा नेपाल र लाओसको कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपालको लाओसमा आवासीय दूतावास छैन । थाइल्याण्डमा भएको राजदूतावासले लाओस हेर्ने गरेको छ ।

Leave a Reply