प्रधानमन्त्रीलाई शिशिर खनालको प्रश्न- तपाईं हिटलर बन्दै हो ? (भिडिओ)

काठमाडौं । रास्वपाका सांसद शिशिर खनालले सदन निरन्तर सरकारको छायाँ बनेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै संसद सचिवालयले दुई युट्युवरको पास निलम्बन गरेकोप्रति असन्तुष्टि जनाए ।

उनले भने, ‘केही दिनअघि सत्तापक्षको सांसदले निर्वाचन जितेर आएको मान्छे पनि हिटलर हुन सक्छ ? र भनेर प्रश्न सोध्नुभएको थियो । संसद सचिवालयलाई सचेत गराउनुभएको थियो । आज निलम्बनको खबर आयो ।’

उनले १९३० को जर्मनीको इतिहास पढ्न आग्रह गर्दै हिटलर बन्दूकको नालबाट नभएर चुनाव जितेरै आएको बताए । उनले प्रधानमन्त्रीविरुद्ध बोल्छ कहिले मान्छे कुट्ने कहिले जेल हालेकोप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीलाई तपाईं हिटलर बन्दै हो ? भनेर प्रश्न गरे ।

Comments

3 responses to “प्रधानमन्त्रीलाई शिशिर खनालको प्रश्न- तपाईं हिटलर बन्दै हो ? (भिडिओ)”

  1. bharat kumar thapa Avatar

    यसलाई बोल्न पनि आउदो रहेन छ यो गणतान्त्रिक व्यवस्था हो यहाँ तिमीहरूले बोल्ने अधिकार पाएको यहीँ व्यवस्था कारण हो ठुला गफ नगर ।

  2. bharat kumar thapa Avatar

    यसलाई बोल्न पनि आउदो रहेन छ यो गणतान्त्रिक व्यवस्था हो यहाँ तिमीहरूले बोल्ने अधिकार पाएको यहीँ व्यवस्था कारण हो ठुला गफ नगर ।

  3. bharat kumar thapa Avatar

    यसलाई बोल्न पनि आउदो रहेन छ यो गणतान्त्रिक व्यवस्था हो यहाँ तिमीहरूले बोल्ने अधिकार पाएको यहीँ व्यवस्था कारण हो यति त हामीले लडेर ल्याएको हो ठुला गफ नगर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *