प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न- प्रधानमन्त्रीको कार्यकर्ताले खुलमखुला मान्छे कुट्न पाउने हो ? (भिडिओ)

काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले केपी ओली कप फुटबल फाइनलमा प्रधानमन्त्रीविरुद्ध हुटिङ गर्नेलाई युवा संघको कार्यकर्ताले कुटपिट गरेको भन्दै आपत्ति जनाएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीकै पार्टीका बिल्लाधारी मान्छेहरूले दर्शकलाई कुटेको आरोप लगाए।

उनले भने, ‘प्रधानमन्त्रीको नाममा खेलकुद आयोजना गर्ने, दर्शकहरूले बोल्यो भनेर प्रधानमन्त्रीकै दलको गुन्डाहरूले मान्छे कुट्ने, प्रहरी पीडितलाई बचाउनको सट्टा कुट्न सघाउने, वा गृहमन्त्रीज्यू, प्रधानमन्त्रीज्यू यो कस्तो लोकतन्त्र ? कस्तो प्रजातन्त्रको अभ्यास गरिराख्नुभएको छ।’

उनले पार्टीको कार्यकर्ता लगाएर खुलमखुला मान्छे कुट्ने हो पुलिस चाहिँदैन भन्नुस् हामी पनि तयार भएर बस्छौँ भन्दै कटाक्ष गरे। उनले खुलखुला मान्छे कुट्नेलाई पक्राउ गरेर कारबाही गर्न नगरे सडक र सदनबाट खरोसाथ आवाज उठाउने बताए।

Comments

One response to “प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न- प्रधानमन्त्रीको कार्यकर्ताले खुलमखुला मान्छे कुट्न पाउने हो ? (भिडिओ)”

  1. bharat kumar thapa Avatar

    तिम्रो घरमा आएर मनपरि बोल्नेलाई पुजा गर्छौं वाईयात

Leave a Reply

Your email address will not be published. Required fields are marked *