अमेरिकाबाट फर्काइएका नेपाली प्रहरी नियन्त्रणमा (भिडिओ)

काठमाडौं । अमेरिकाबाट डिपोर्ट गरिएका आठ नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विहान करिब १० बजे जीआरपी-२३ विमानबाट अवतरण भएका ती नेपालीलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान व्युरोले नियन्त्रणमा लिएको हो ।

विदेशबाट कागजात अभावमा फिर्ता ल्याइने अन्य नेपालीसरह उनीहरुमाथि सोधपुछ हुने व्युरोका एसपी रुगमबहादुर कुँवरले बताए ।

‘त्यसरी आउने नेपालीलाई सोधपुछ गर्नुपर्ने केही कुरा हुन्छन्, त्यत्तिका लागि ल्याएका हौं’, उनले भने ।

उनीहरु हिरासतमा राखिएका छैनन् । आवश्यक सोधपुछपछि आ-आफ्नो ठाउँमा जान दिइने उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *