पाल्पा रिब्दीकोटाको मधुवन क्षेत्रमा दुई दिनदेखि आगलागी नियन्त्रणमा आउन सकेन, बस्ती जोखिममा

रुपन्देही । पाल्पाको रिब्दीकोट गाउँपालिका-१ र २ को बीचमा पर्ने मधुवन क्षेत्रको जंगलमा मङ्गलवारदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन ।

देउराली र ख्याहाको सिमानामा मङ्गलवार दिउसोदेखि लागेको आगलागी अहिले अर्गली, लघुवा र डम्बकतर्फ सर्दै गएको स्थानीय रामप्रसाद न्यौपानेले जानकारी दिए ।

मङ्गलवार दिनभर स्थानीयको सार्थ नेपाली सेना, सशस्त्र र प्रहरीले पहल गरे पनि घना जंगल भएकोले नियन्त्रणमा आउन नसकेको उनको भनाइ छ । लागेको डढेलो निभाउने प्रयास जारी रहे पनि नियन्त्रणमा आउन नसकेको उनको भनाइ छ ।

अहिलेसम्म जोखिममा रहेका बस्तीको वरिपरि हटाइए पनि लागो लागिरहेकाले स्थानीय त्रसित छन् । बिजुली ट्रान्सफर्मर सर्ट भएर आगो लागेको स्थानीयले बताएका छन् ।

हावाहुरी चलेको र विद्युत् ट्रान्सफर्मरबाट निस्केको आगोले जंगलमा डढेलो लागेको उनीहरूको आंकलन छ। रिब्दीकोट गाउँपालिका-२, का वडाध्यक्ष ओमप्रकाश पोखरेलले मङ्गलवार दिनभर प्रयास गरे पनि नियन्त्रणमा आउन नसकेको बताए ।

हार्थोकदेखि देउराली हुँदै ख्याहा जोड्ने सडकअन्तर्गत तल्लो र माथिल्लो भागमा अपराह्न १ बजेतिरबाट डढेलो सुरु भएपछि सो क्षेत्रका स्थानीय त्रसित भएका छन् ।

सल्लाको जंगलमा लागेको डढेलो नियन्त्रणमा लिन तानसेन नगरपालिकाको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, सब–डिभिजन कार्यालयका कर्मचारी, स्थानीय बासिन्दा, जनप्रतिनिधि खटिएका थिए। ख्याहाको गैरागाउँ, देउरालीको पोखरडाँडा, लघुवा, डम्बक लगायतका गाउँ डढेलोको जोखिममा रहेको स्थानीयको भनाइ छ ।

खानेपानीको मुहान, ट्यांकी, विद्युत् ट्रान्सफर्मर जोगाउन सकिए पनि नियन्त्रणमा लिन नसकिएको स्थानीयले बताए । वडाध्यक्ष पोखरेलका अनुसार देउरालीको पोखरडाँडा क्षेत्र जोखिममुक्त भएको छ भने ख्याहाको गैरागाउँ, देउरालीको डम्बक र लघुवा अझै पनि जोखिममा रहेको छ ।

डढेलो ख्याहाको मधुवन सामुदायिक वन र देउरालीको लेक सामुदायिक वन क्षेत्रमा लागेको हो। दुई वटा सामुदायिक वनका झण्डै १० हेक्टर डढेलोले सखाप पारिसकेको र जंगलमा अझै डढेलो लागेको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ ।

दमकलको सहायता लिइए पनि बाटो नभएको स्थानमा जान नसक्ने भएपछि बस्तीको छेउमा मात्रै दमकलले काम गरेको वडाध्यक्ष पोखरेलले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *