काठमाडौं । निजामती सेवामा अतिरिक्त सचिव राख्ने संसदीय उपसमितिमा सहमति जुटेको छ । प्रतिनिधि सभा अन्तरगत रहेको राज्य व्यवस्था तथा सुशासन समितिले गठन गरेको उपसमितिमा भइरहेको संघीय निजामती सेवा विधेयकमाथीको छलफलका क्रममा अतिरिक्त सचिव राख्ने सहमति जुटेको हो ।
उपसमितिको मंगलबार बसेको बैठकमा अतिरिक्त सचिव राख्ने सबै सदस्यका विचमा सहमति जुटेको उपसमितिका सदस्य सर्वेन्द्रनाथ शुक्लाले नेपाल प्रेसलाई जानकारी दिए । उनले भने, ‘अतिरिक्त सचिव राख्ने सहमति भएको छ । लोक सेवा आयोगले भए पनि हुन्छ, नभए पनि हुन्छ भनेको थियो । सामान्य प्रशासन मन्त्री ज्यूले पनि सहमति जनाउन भएपछि लगभग अतिरिक्त सचिव राख्ने विषयमा सहमति भयो ।’
्सांसद शुक्लाका अनुसार मंगलबारको बैठकमा सहभागि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले समितिले गहन छलफल गरेर सहमति गरेका विषयमा आफ्नो सहमति रहेको र अतिरिक्त सचिवको विषमया पनि सहमति जनाएका हुन् ।
यस्तै संसद र स्वास्थ्य सेवा संघीय निजमती सेवा भित्रै राख्नुपर्ने अधिकांश सांसदको राय भए पनि लोक सेवा आयोग र सामान्य प्रशासन मन्त्रालयको यस अघि हटाइसकेका सेवा थप गर्न नहुने अडान लिएपछि टुंगो लाग्न नसकेको उपसमिति सदस्य शुक्लाको भनाई छ । उनले भने, ‘संसद र स्वास्थ्य सेवा थप गर्ने विषयमा लोक सेवाले राख्नु हुदैँन भनेर अडा लियो । मन्त्रालयले पनि त्यस्तै भनिरहेको छ । अब बस्ने बैठकमा दफाबार छलफल गर्दा त्यो विषय टुंगो लाग्ला ।’
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अतिरिक्त सचिव राख्ने कि नराख्ने भन्ने विषयमा विवाद भएको थियो । यो संगै विधेयका अधिकांश दफा तथा उपदफामा विवाद सृजना भएपछि नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसा बडुको संयोजकत्वमा सबै दलको प्रतिनिधित्व रहनेगरी एक महिने समयसिमा दिएर उपसमिति गठन गरिएको थियो ।
उपसमितिका अनुसार अब बस्ने उपसमितिको बैठकमा विधेयकमाथी दफाबार छलफल भएर टुंगो लगाउने तयारी छ । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडा सभापति रहेको राज्य व्यवस्था तथा सुशासन समितिको फागुन ९ मा बसेको बैठकले एक महिनामा प्रतिवेदन बुझाउनेगरी ११ सदस्यीय उपसमिति गठन गरेको थियो ।
उपसमितिको सदस्यमा कांग्रेसबाट सभापति बडूसहित ईश्वरीदेवी न्यौपाने, नेकपा (एमाले)बाट रघुजी पन्त र लीलानाथ श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)बाट बाट हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डा.चन्दा कार्की, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट बुद्धिमान तामाङ, जनता समाजवादी पार्टी (जसपा)बाट अशोक राई, जनता समाजवादी पार्टी नेपालबाट प्रकाश अधिकारी, नेकपा (एकीकृत समाजवादी)बाट राजेन्द्रप्रसाद पाण्डे, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट सर्वेन्द्रनाथ शुक्ल छन् ।

Leave a Reply