कुमारी बैंक र क्राउन ल्याबोरेटोरी तथा रेफरल केन्द्रबीच छुट सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र भाटभटेनी टंगालस्थित क्राउन ल्याबोरेटोरी तथा रेफरल केन्द्र (के. ल्याब) बीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई सो ल्याबबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौता बमोजिम ल्याबबाट प्रदान गरिंदै आएका सेवाहरुमा ग्राहकहरूलाई आन्तरिक ल्याब टेष्टमा २० प्रतिशत र बाह्य ल्याब टेष्टमा १० प्रतिशतसम्म छुट दिने सम्बन्धमा सम्झौता भएको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *