हेटौंडा । मकवानपुर प्रहरीले सेतो हेरोइनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले सवारी जाँचको क्रममा पश्चिम मकवानपुरको मनहरी गाउँपालिका- ७ बाट उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरी गस्तीको क्रममा मनहरी- ७ को भित्री सडक खण्डमा भारतीय नम्बर जेएच ०३ भी ०५३९ नम्बरको स्करपियो जाँच गर्ने क्रममा भारतको झारखण्ड ग्राम पथेल थाना राजपुरका सवारी चालक सञ्जय माझी र गया बिहारका रामदुलार कुमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता श्यामु अर्यालले बताए ।
उनीहरुको साथबाट २० ग्राम ६३० मिलिग्राम सेतो हेरोइन बरामद गरिएको प्रहरीको भनाइ छ । उनीहरुलाई ८ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

Leave a Reply