रूपन्देही । क्यान महासंघ रूपन्देहीले बुटवलमा फागुन २६ र २७ गते बिजनेस कस्टमर समिट २०२५ आयोजना गर्ने भएको छ ।
मंगलबार पत्रकार सम्मेलन गरेर क्यानले यसबारे जानकारी दिएको हो ।
क्यान रूपन्देही अध्यक्ष जीवन अधिकारी ब्रान्ड लक्षित कार्यक्रमलाई यो प्रदशर्नीमा ध्यान दिइएको बताए । आइटिको चासो राख्नेलाई जतिसक्दो सहभागी गराउने लक्ष्य रहेको तर यसमा आर्थिक कारोबारको कुनै लक्ष्य नरहेको उनले बताए ।
‘प्रदर्शनी भन्ने, आफ्नो सामानको जानकारी दिन टिकट लिने विषय उचित नभएकोले यसलाई निःशुल्क प्रवेशको व्यवस्थापन गरिएको छ, लक्षित समूहलाई यसमा सहभागी गराउने मुख्य लक्ष्य होू उनले भने ।
स्वागतसहित संयोजक तथा वरिष्ठ उपाध्यक्ष विरबहादुर क्षेत्रीले बिगतमा क्यान इन्फोटेक गर्दै आएकोमा अहिले नयाँखालको कार्यक्रम ल्याएको बताए । अवलोकनकर्तालाई निःशुल्क प्रवेश दिइने, विश्व बजारका प्रविधिको विषयमा जानकारी दिने मुख्य उदेश्य रहेको उनको भनाइ छ ।
इन्फोटेकको रूपान्तरण हो, आइटी पढ्ने, चासो राख्ने र यसको नीति बनाउनेलाई सहभागी गराउने मुख्य लक्ष्य रहेको
क्यान लुम्बिनी प्रदेश अध्यक्ष नारायण खनालले बताए । उनले प्रदेशका सबै जिल्ला केन्द्रीकृत रहेर यस्ता कार्यक्रम ध्यान दिइएको जनाए ।

Leave a Reply