केपी ओली कप फुटवल फाइनलमा ‘अमर्यादित हुटिङ’ गर्ने युवक को हुन् ?

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको केपी ओली कप फुटवलको फाइनल खेल चलिरहेका बेला एकजना दर्शकलाई अरु दुई तीनजनाले झम्टिएको भिडिओ भाइरल भइरहेको छ । भिडिओमा प्रहरीले उनीहरुलाई छुट्याएको पनि देखिन्छ ।

सामाजिक संजालमा भाइरल भएको भिडिओमा युवा संघका कार्यकर्ताले दर्शक कुटेको भनिएको छ । सोही भिडिओमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेपछि एमाले कार्यकर्ताले कुटपिट गरेको क्याप्सनहरु पनि राखिएका छन् । ती युवकका कारण खेल हेर्न नपाएको भन्दै सँगै बसेका दर्शकले बाहिर निकाल्न तर नकुट्न आग्रह गरेका थिए ।

भिडिओमा देखिएका ती युवालाई युवा संघका कार्यकर्ताले समातेका छन् । ‘केही बोल्न नपाइने हो ?’ भन्ने स्वर त्यहाँ सुनिन्छ, त्यसबाहेक अरु छैन । होहल्ला भएको ठाउँमा प्रहरी प्रभाग मालीगाउँका डिएसपी प्रहरी नायव निरीक्षक सुनिलजङ्ग शाहलगायत प्रहरी अधिकृतहरु गएर छुट्याएकोसम्म देखिन्छ ।

थप अप्रिय घटना हुन नपाउँदै ती युवकलाई रंगशालाबाट सुरक्षित बाहिर निकालेर घर पठाइएको प्रहरीले जनाएको छ । डोल्पा घर भएका बुढा थरका ती युवकको परिचय प्रहरीले सार्वजनिक गर्न चाहेन ।

घटनास्थलमा रहेका एक प्रहरी अधिकृतले भने- दर्शकले बुफोन बुफोन भनेर हुटिङ गरिरहेका बेला त्यो भाइले प्रधानमन्त्रीको नाम लिएर अमर्यादित नारा लगाएपछि छेउछाउका दर्शकले के बोलेको भन्दै थिए । अर्कोतिरबाट युवा संघका केटाहरुले पनि सुनेपछि झम्टिन गए । तर हामीले तत्कालै परिस्थिति बिग्रन नदिई उसलाई बाहिर निकालेर सम्झाइ बुझाइ गरेर पठायौं । पक्राउ गरिरहन पर्ने अवस्था देखिएन । डोल्पाको केटा रहेछ,पहिले माओवादी थिएँ अब राजा चाहिन्छ भन्दै थियो तर हामीले उसलाई गेट बाहिर पठायौं, सोधखोज गरेनौं ।

युवा संघका कार्यकर्ताले भने भव्य कार्यक्रम बिथोल्ने योजनाबमोजिम नियोजितरुपमा नाराबाजी गर्न खोजेपछि आफूहरुले रोकेको बताएका थिए । युवा संघका दुई तीनजनाले ती युवकलाई समातेर झाँगलझुगल पार्न थालेपछि उनी अर्को सीटतिर गएका थिए ।

त्यहिँ झम्टिन थालेपछि प्रहरीले घेरेर उनलाई निकालेको थियो । आक्रमण गर्ने युवा संघका कार्यकर्ता सिन्धुपाल्चोकका जंग तामाङ भएको बताइएको छ ।

Comments

3 responses to “केपी ओली कप फुटवल फाइनलमा ‘अमर्यादित हुटिङ’ गर्ने युवक को हुन् ?”

  1. प्रेम हुक्पा लिम्बु Avatar

    जे भयो ठिकै भयो त्यो युबाको के दोश यातर्थ स्थित्ती त्यस्तै नै हो।

  2. ksp pyl Avatar
    ksp pyl

    हेर्न गएको छ फुटवल । जसको नाममा फुटवल प्रतियोगिता भएको छ त्यहि हेर्न गएको छ । अनि उसैलाई जथाभावि बोल्छ । अनि मन लागेको बोल्न पाईदैन लोकतन्त्रमा भन्छ ? यसो भन्नेलाई कसैले तैंले बाख्रासँग यौन सम्पर्क गरेको रे हो भनेर टिभिमा लाईभ सोधिदियो रे । अलि बढाई चढाई गरेर फलानो ठाउँमा बाख्रासँगै देखिएको थिईस पनि भनिदियो रे । मानौ यो कुरा माओवादीको माधव सापकोटा वा राजन दाहाललाई भनिदियो रे । एकपटक हैन पटक पटक , विभिन्न ठाउँमा भेट्यो कि यहि प्रश्न सोधेर जनतालाई त्यस्तो कामै गरेछ कि क्क् याहो भन्ने पार्न खोजेर सार्वजनिक रूपमा बेईज्जत गरिदियो भने यिनको प्रतिक्रिया के होला ? आजभोलि दिल्ली, माओवादी, रास्वपा, राजावादीको कामै सार्वजनिक रूपमा ओलिको विरोध गर्ने, हिटलर हो भन्न भाडाका मान्छे खटाउने हो । यिनलाई तिमीहरूले बाख्रासँग यौन सम्पर्क राखेको हो भनेर पटक पटक सोधिदिएमा यिनले के भन्लान ? लोकतन्त्र हो बोल्न पाईन्छ भन्छन ? यिनले त आफैं ठाउँको ठाउँ प्रश्न सोध्नेलाई आक्रमण गर्छन् । त्यसैले जसलाई भने पनि अमर्यादित, अनुशासनहिन कुरा गर्ने, देशमा अस्थिरता ल्याउन खोज्ने, अरूक‍ो बेईजज्जत गर्न खोज्नेलाई प्रोत्साहन होईन निरूत्साहित गरौं ।

    1. samir Avatar
      samir

      रास्वपालाइ आरोप लगाउनु ढोङ्ग हो! बरु सहकारीको सदस्य नै नरहेका रबिलाई तिमिहरुको निर्लज्ज, अपराधी र बेइमान सरकारले सहकारी ठग भनेर झुठो आरोप लगाएको छ। ठग र भ्रष्ट भनेकै कालो काङ्ग्रेस , हत्यारा माओवादी , भ्रष्ट एमाले र दलाल मधेसी पार्टी हुन!

Leave a Reply

Your email address will not be published. Required fields are marked *