विद्यालयमा माओवादीको आमसभा- विद्यार्थी घर धपाइए

जनकपुरधाम । तराई-मधेस जागरण अभियान नेकपा माओवादी केन्द्रले धनुषाको हंसपुर नगरपालिकामा विद्यालय बन्द गराएर सभा गरेको छ ।

हंसपुर नगरपालिका-६ सोनगमास्थित राष्ट्रिय प्रावि विद्यालयमा माओवादीले कार्यक्रम राखेको थियो । अध्यक्ष ‘प्रचण्ड’ सहितका नेताले सम्बोधन गरेका छन् ।

माओवादीका स्थानीय नेताको दबाबले विद्यालय बन्द गरिएको एक शिक्षकले बताए ।

‘अचानक विद्यालय बन्द गर्नुपर्‍यो । पढ्न आएकालाई घर फर्काउनु पर्‍यो’, ती शिक्षकले बताए ।

पठनपाठन नै बन्द गर्ने गरी दलहरूले कार्यक्रम गर्ने गरेको भन्दै अभिभावकले गुनासो गरेका छन् ।

Comments

One response to “विद्यालयमा माओवादीको आमसभा- विद्यार्थी घर धपाइए”

  1. yuvaraj adhikari Avatar
    yuvaraj adhikari

    यत्राे पार्टीकाे कार्यक्रम हुँदा 1/2 दिन विद्यालय बन्द हुन्छ त । 1/2 दिन विद्यालय बन्द हुँदा के फरक पर्छ र। यस्ताे पनि समाचार बनाउने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *