काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरलले कांग्रेससँगको सहकार्य ०८४ को चुनावसम्मै जाने दाबी गरेका छन् ।
नेपाल राष्ट्रिय होटेल व्यवसायी संघको प्रथम अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै दुई दलबीच कुनै अविश्वास गर्नुपर्ने कारण नभएको बताए ।
उनले भने, ‘कहिलेकाहीँ यो सरकारको आयु कहिले होला भनेर हल्ला चलाउने गरिन्छ । एक एक महिनामा एउटा एउटा हल्ला चलाउने गरिन्छ, अब सरकारको आयु सकियो भन्ने कुरा गरिन्छ। त्यो हल्ला नेपालमा अस्थिरतामा रम्न चाहनेको सपना मात्र हो । त्यो हल्लाले अहिलेको सरकारलाई कुनै प्रकारको प्रभाव पार्दैन । यो सरकार निश्चित उद्देश्यले बनेको छ । यो सरकार ०८४ सम्म निरन्तर रहन्छ। अविश्वास गर्नुपर्ने कुनै कारण छैन । धेरै हन्डर ठक्कर खाएर प्रमुख पार्टी सहकार्यमा आएका छन् भन्ने कुरा बुझ्नुपर्छ ।’
उनले साना दलहरूले ठूला दलमाथि शासन गर्ने प्रवृत्तिले लोकतन्त्रलाई कमजोर पारिरहेको बताए । उनले बलिया राजनीतिक दलहरूले मात्रै देशको विकास गर्न सक्ने जिकिर गरे ।
उनले जनताले पत्ताएको प्रमुख पार्टीले सत्ताको नेतृत्व गर्ने र अर्कोले प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले आगामी चुनावमा एक्लै लडेर अस्थिरता अन्त्य गर्न चाहेको बताए ।

Leave a Reply