दल विभाजनसम्बन्धी विधेयक ल्याउने सरकारको तयारीबारे नेकपा एस- विषम परिस्थितिमा ल्याइँदैछ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता भानुभक्त जोशीले सरकारले दल विभाजन सम्बन्धी विधेयक अगाडि बढाउन गरेको तयारीलाई नजिकबाट हेरिरहेको बताएका छन् ।

अध्यादेश पारित नहुने अवस्था देखेपछि सरकारले साना दललाई दबाबमा राख्नको लागि दल विभाजनसम्बन्धी विधेयक ल्याउने तयारी गरेको छ ।

त्यसबारे काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, ‘राजनीतिमा एउटा समीक्षा हुन्छ । अध्यादेशबाट राजनीतिक दल फुटेका कतिपय अप्रिय घटनाहरू छन्, अहिले देशमा विषम परिस्थिति भइरहेको बेलामा ल्याइएको छ । त्यसको समीक्षा हुन्छ ।’

उनले ठूला दलहरुले विपक्षी दललाई फुटाउन नभई परामर्श गरेर अघि बढ्नुपर्ने विश्वास व्यक्त गरे । उनले सरकारले अध्यादेश ल्याउनुको नियतमा पनि प्रश्न उठाए ।

Comments

One response to “दल विभाजनसम्बन्धी विधेयक ल्याउने सरकारको तयारीबारे नेकपा एस- विषम परिस्थितिमा ल्याइँदैछ”

  1. ksp pyl Avatar
    ksp pyl

    अर्काले बनाईदिएको , अर्काले टिकाईदिएको दल भएपछि रहन्छ भन्नेमा विश्वास नै नहुदो रहेछ । आफू बलियो भए कसैले फुटाउनै सक्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *