म ०७३ मा प्रधानमन्त्री हुँदा मोदीसँग छलफल गरेर हुलाकी मार्ग अघि बढाएको हुँ : प्रचण्ड

सिरहा । गत स्थानीय निर्वाचनमा सिरहाको औरही नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्षका प्रत्याशी गंगाराम यादवसहित एक बढी काङ्ग्रेसका नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

जनतासँग माओवादी, तराई मधेस जागरण अभियानका क्रममा औरही ४ इटाटारमा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नवप्रवेशीलाई स्वागत गरेका हुन्।

गत स्थानीय निर्वाचनमा यो वडा माओवादी केन्द्रले जितेको थियो भने काङ्ग्रेस दोस्रो भएको थियो। आज माओवादी केन्द्र प्रवेश गरेका यादवले उक्त निर्वाचनमा ५२५ मत प्राप्त गरेका थिए।

यो वडा यादव समुदायको बाहुल्यता भएको बस्ती हो। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण नेपालको रूपरेखा फेर्न सहयोग गर्ने बताए।

लामो समय अलपत्र परेको हुलाकी मार्ग अघि बढाउन आफूले २०७३ मा प्रधानमन्त्रीको रूपमा भारत भ्रमण गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरी सहयोग सुचारु गरेपछि योजना अघि बढेको जानकारी दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *