काठमाडौं । जसपा नेपालका प्रवक्ता मनिष सुमनले सरकारले भूमि अध्यादेश फिर्ता नलिए बाँकी ५ अध्यादेशको पनि विपक्षमा मतदान गर्ने चेतावनी दिएका छन्।
काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सरकारले अहिले वार्ता र संवादलाई महत्त्व नदिएको बताए।
उनले भने, ‘सरकारले भूमि अध्यादेश फिर्ता लिए हुन्छौँ। यो त हाम्रो इज्जतको सवाल भयो, जसरी भए पनि खरिदबिक्री गरेर भए पनि पारित गर्छौँ भनेर लागे हामी बाँकी ५ अध्यादेशको पनि विरुद्धमा मतदान गर्छौँ।’
उनले भूमि सम्बन्धी अध्यादेश देश र जनताको हितमा नभएकाले आफूहरूले विपक्षमा मतदान गर्ने निर्णय गरेको बताए।
उनले सरकारले अध्यादेश फिर्ता नलिए केन्द्रीय समितिको बैठकबाट समर्थन फिर्ता लिन सक्ने संकेत गरे।
उनले भने, ‘भोलिदेखि पार्टीको बैठक छ, त्यो बैठकले अध्यादेश, सरकारसँगको सामिप्यताको बिषयमा पनि निर्णय गर्छौँ। सरकारले अध्यादेश पारित गराउनको लागि अनेक विकल्प खोज्दैछ भनेर सत्तारुढ दलका नेताहरुले भनेका सुनेका छौं। यो फिर्ता नलिएर पारित गरे हामी जनआन्दोलनमा जान बाध्य हुन्छौं।’

Leave a Reply