काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले सरकारले ल्याएको अध्यादेशमा आफू व्यक्तिगत रूपमा सहमत नभएको बताएका छन्। पोखरामा जारी लिट्रेचर फेस्टिभलमा बोल्दै सरकारले अध्यादेशको ठूलो पोको ल्याएको टिप्पणी गरे।
उनले भने, ‘अध्यादेश आउनै हुँदैन भन्ने होइन, तर अहिले आएको अध्यादेशमा व्यक्तिगत रूपमा सहमत छैन। यो गलत छ। ठूलो पोको आएको छ अध्यादेशमा।’
उनले अहिले संविधान पूर्ण नभएकाले संशोधन गर्न आवश्यक रहेको बताए।
उनले भने, ‘संविधान बनेपछिको ९ वर्षमा पार्टी सभापति शेरबहादुर देउवा, अहिलेको प्रधानमन्त्री केपी ओली र माओवादीका अध्यक्ष प्रचण्डको वरिपरि नै छ। अहिलेसम्म गठबन्धन बिना एउटै पार्टीले बहुमत ल्याउन सक्ने देखिएको छैन। त्यसैले संविधान संशोधन आवश्यक छ।’
संविधान संशोधनबारे छलफल अघि नबढेपछि कांग्रेस र एमालेले सत्ता निर्माणको लागि मात्रै भनेको भन्नै चर्चा हुन थालेको बताए।

Leave a Reply