विराटनगर । नेकपा एमालेका उप महासचिव प्रदीप ज्ञवालीले पाटी भित्रको प्रतिस्पर्धा लाई ठूलो विषय बनाउन नहुने बताएका छन् ।
नेकपा एमाले मोरङको १० औं अधिवेशनमा बोल्दै पाटीको आन्तरिक जीवन लोकतान्त्रिक हुनुपर्ने भन्दै अमुक कमरेडलाई नेता बनाउने गरी हिँड्न नहुने बताए ।
उनले पाटीको लोकतान्त्रिक जीवन पनि स्वास्थ्य बनाउनु पर्ने बताए । उनले भने आन्तरिक जीवन लोकतान्त्रिक नभए बाहिर पनि लोकतान्त्रिक हुन सक्दैन । उनले लोकतान्त्रिक प्रतिस्पर्धीमा पनि मनोगत रूपमा विश्लेषण हुने गरेकाले समस्या भएको बताए ।
उनले पाटी भित्र अमुक व्यक्तिहरूसङ प्रतिस्पर्धा हुने गरेको भन्दै उनले क्रान्तिको अभिभारा पुरा गर्न पाटी भित्र को प्रतिस्पर्धालाई ठुलो बनाउन नहुने बताए ।
उनले भने, ‘अहिले पाटी भित्रका कमरेडहरूसङ सङै बसेर चिया खान नसक्ने काङ्ग्रेस र माओवादीसङ लन्च गर्न सक्ने अवस्था रहेकाले यसलाई चिर्न पर्छ । उनले यसलाई चिर्न नसके राजनीतिक क्रान्ति सम्पन्न भए पनि यसको अभिभारा पुरा नहुने बताए । उनले अहिले केही पाटीहरू सरकार बनाउन उद्योग चलाएर हिँडेक बताए । उनले भने माओवादी अध्यक्षलाई सत्ताबाट हटेपछि सहिदहरूको सम्झना आएको छ । केराको पातको याद आएको छ ।’
उनले माओवादीले पहिला भौतिक संरचनाहरू भत्काएको भन्दै त्यसलाई बनाउन अहिले सरकारलाई बनाउन समय लागेको बताए ।

Leave a Reply