काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले भएका कमी कमजोरी पहिचान गरी सुधार गरेर काम गरिरहेको दाबी गरेका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अहिलेको सरकार देशमा शान्ति, सुशासन र विकास निर्माण गर्नका लागि बनेको बताए।
उनले भने, ‘देश विकाससँगै सरकारको स्थायित्वका लागि अहिलेको सरकारले काम गरिरहेको छ। यो सरकार किन बनेको भने जनताले के भन्न थाले भने सरकारको आयु नभएको सरकार बन्छ, फेरि केही महिनामा अर्को सरकार बन्छ भन्न थाले। सरकारकै सुनिश्चितता छैन भने त्यो सरकारले हाम्रो के काम गर्छ ?’
राजनीतिक स्थिरता, स्थायित्व र सरकार टिक्ने किसिमको आवश्यक छ भनेर यो वर्तमान सरकार बनेको बताए।
उनले थपे, ‘बोलेर मात्रै होइन, काम गर्न गाह्रो छ। भएका कमी कमजोरी पहिचान गरी सुधार गरेर अघि बढ्नेतर्फ यो सरकार गइरहेको छ।’

Leave a Reply