यूएई । गैरआवासीय नेपाली (एनआरएनए) सोसल क्लब ओमानको आठौं महाधिवेशन सम्पन्न भएको छ । मस्कटमा भएको महाधिवेशनले सुरेश खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । यसअघि विकल झा अध्यक्ष थिए ।
अधिवेशनले उपाध्यक्षमा क्रमशः रबिन शिल्पकार, लक्ष्मीप्रसाद कोइराला, गोपाल कुवर र सुबास काफ्ले चयन गरेको छ ।
यसैगरी महासचिवमा बिनोद श्रेष्ठ सहित क्रमशः ४ जना काशिराम सुनार,केशब थापा,डा. कमल अर्याल, बिनोद दास सचिव चयन भएका छन ।
कोषाध्यक्षमा गितादेवी धिताल र सह कोषाध्यक्षमा महेन्द्र तिवारी, प्रवक्तामा राजेश महर्जन, महिला सम्योजकमा मिरा नेपाली, युवा संयोजकमा सुरज चित्रकार तथा आइसीसी सदस्य पछी चयनगर्ने गरी १३ जनाको कार्यसमिति सदस्य चयन गरिएको निर्वाचन समितिका सदस्य तथा एनआरएन ओमानका पूर्वअध्यक्ष दिपक श्रेष्ठले जानकारी दिए ।

सदस्यहरुमा डा. अनिल कुमार रजक, शुवास पाठक, डा.सहदेव बिडारि, डा. सङ्दु शेर्पा,श्याम भट्टराई र प्रीयंका काफ्ले खतिवडा रहनु भएको छ । त्यस्तै देवान खड्का, लक्ष्मण श्रेष्ठ, वासुदेव गुरुङ, आशिष घर्ती मगर, सुशील कुमार शाह, धन बहादुर शिवा, नन्दलाल खनाल रहेको निर्वाचन समितीले जनाएको छ ।
एनआरएनए ओमान, स्थानीय प्रशाशनमा दर्ता भएकाले ओमान सरकारको नियमअनुसार हरेक दुई बर्षमा (जनवरी देखि मार्च भित्र) अधिवेशन गर्नुपर्ने वाध्यकारी कानूनी व्यवस्थाले गर्दा संसारभरका अन्य एनआरएन एनसीसीहरुमा सबैभन्दा पहिला ओमान एनसीसीको अधिवेशन भएको हो ।

महधिवेशनका लागि तोलाकान्त भट्टराईको सम्योजकत्वमा पूर्व अध्यक्षहरु दिपक श्रेष्ठ र सेवन्त पुर्जा सदस्य रहने गरी निर्वाचन समिती बनाइएको थियो ।
ओमानका लागि नेपाली राजदुत डोरनाथ अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एनआरएन आसीसीका पुर्व प्रवत्ता समेत रहेका एनआरएन अभियान्ता डीबी क्षेत्री तथा ओमान स्थित संघसस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो । नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई बिशेष अतिथी डिबि क्षेत्रीले सपथ ग्रहण गराएका थिए ।

Leave a Reply