न्यून चापीय प्रणालीको प्रभावले नेपालमा वर्षा, कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा साधारणतया देखि अधिकांश बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ सहित हल्का वर्षा भइरहेको महाशाखाले उल्लेख गरेको छ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत देशका बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, कृषि, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *