डोटी । डोटीको शिखर नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कृत गर्ने भएको छ ।
नगरपालिका अन्तर्गतका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुमध्ये प्रदेशमा उत्कृष्ठ हुने एक जना विद्यार्थीलाई ५१ हजार नगद पुरस्कृत दिइने शिखर नगरपालिकाले घोषणा गरेको छ ।
यस्तै, डोटी जिल्लामा उत्कृष्ठ हुने एक जना बिद्यार्थीलाई ३१ हजार पुरस्कार दिइनेछ । शिखर नगरपालिकामा उत्कृष्ट हुने एक जनालाई २१ हजार रुपैयाँले पुरस्कृत गरिने नगरपालिकाले जानकारी दिएको छ । उक्त पुरस्कार २०८२ सालको बाल दिवसको अवसरमा प्रदान गरिनेछ ।
चैत ७ गते देखि सुरु हुने यस वर्षको एसईईमा शिखर नगरपालिकाबाट ५ सय २२ जना विद्यार्थी सहभागी हुनेछन् । नगरपालिका भित्रका सामुदायिक १३ र संस्थागत एक गरी १४ बिद्यालयबाट बिद्यार्थीहरुको सहभागिता रहने नगरपालिकाको शिक्षा शाखाले जानकारी दिएको छ ।
विद्यार्थीहरुको हौसला बढाउनका लागि सो पुरस्कारको व्यवस्था गरिएको नगर प्रमुख दीर्घ बहादुर बलायरले बताए । एसईई निजिकिँदै जाँदा विद्यार्थीहरुले थप मेहनत गरेर अध्ययन गर्ने विश्वास लिएको नगर प्रमुख बलायरले वताए ।

Leave a Reply