कांग्रेस बैठकमा छलफल- राजनीतिक दलसम्बन्धी विधेयक अब कसरी अघि बढाउने ? (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसको बैठकमा दलसम्बन्धि विधेयकबारे छलफल भएको छ ।

बालुवाटारमा उच्चस्तरीय संयन्त्रको बैठकअघि पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकले विधेयक निर्माणमा देखिएको सुस्तताबारे छलफल भएको प्रमुख सचेतक श्याम घिमिरेले बताए ।

उनले भने, ‘दलसम्बन्धी विधेयकबारे छलफल भयो, ०७८ मा आएको अध्यादेश सरकारले पछि फिर्ता लियो । त्यो अहिले शून्यताको अवस्थामा छ । नियमावलीले काम गरिरहेको छ । त्यसलाई के गर्ने भन्नेबारे छलफल भयो ।’

उनले बैठकमा स्ववियू निर्वाचन र पाथीभरा केबलकार निर्माणमा देखिएको विवादबारे छलफल भएको बताए ।

उनले ६ वटा अध्यादेशको विषयमा बालुवाटार बैठकमा छलफल हुने तर अहिलेसम्म सरकारका कामकारवाहीको बिषयमा छलफल भएको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *