शंकर पोखरेलको टिप्पणी- चुनावी गठबन्धन गर्दा साना पार्टी संसदमा आएर अस्थिरता मच्चाउँछन्

काठमाडौं । नेकपा एमाले महासचिव शंकर पोखरेलले चुनावी गठबन्धन गर्दा साना पार्टी संसदमा आएर अस्थिरता मच्याउने भएकाले एक्लै एक्लाएक्लै लड्नुपर्ने बताएका छन् ।

एमाले पेशागत विशेष जिल्ला कमिटीले काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै राजनीतिक दलले मुलुक बनाउन नसकेको नभई मुलुक बनाउने परिस्थिति निर्माण नहुँदा समस्या भएको बताए ।

उनले भने, ‘गठबन्धन गर्दा साना पार्टी संसदमा रहिरहने र तिनले अस्थिरता सिर्जना गरिरहने अवस्था कायमै रहन्छ । त्यसको अन्त्य हुनुपर्दछ भन्ने मान्यताका साथ हामी एक्लाएक्लै चुनावमा जान्छौं ।’

०७४ सालमा राजनीतिक दलले काम गर्ने वातावरण तयार भए पनि काम गर्न नपाएको बताए । उनले अहिले देश आर्थिक रूपमा कमजोर र सामाजिकरूपमा अराजक बन्दै गएपछि थप समस्या उत्पन्न हुन नदिन दुई ठूला राजनीतिक दल मिलेर काम गर्न थालेको जिकिर गरे ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *