नेमकिपाको आठौं महाधिवेशन भक्तपुरको सल्लाघारीमा सुरु

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को आठौं महाधिवेशन शुक्रबारबाट सुरु भएको छ ।

भक्तपुरको सल्लाघारीमा पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले महाधिवेशनको उद्घाटन गरेका थिए । महाधिवेशनले देश तथा विदेशका विभिन्न विषयमा कन्द्रित भएर बृहत् छलफल गर्दै विभिन्न एजेण्डा पारित नेमकिपाले जनाएको छ ।

महाधिवेशनमा काठमाडौं, भक्तपुर, ललितपुरसहित सातै प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधि, पर्यवेक्षक र कार्यकर्ताको सहभागिता रहेको छ ।

उद्घाटन समारोहमा नेमकिपा अध्यक्ष विजुक्छेले मुलुकको आर्थिक नीति विदेश निर्भर भएकाले आर्थिक उन्नति नभएको बताए । सरकारले आफ्नो मान्छेलाई रोजगारी दिने नाममा राज्यको ढुकुटी खर्च गर्नु समाजवाद नभएको उनले बताए ।

विजुक्छेले युवाहरुलाई विदेशमा नभइ आफ्नै ठाउमा रोजगारीको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । उनले महङ्गी र कालाबजारीलाई नियन्त्रण गर्नुपर्ने, चोरि निकासी गर्नेलाई कडा कारवाही गर्नुपर्नेमा जोड दिए ।

समाजवादले मात्रै जनताको भलो हुने र समानता हुने भएकाले त्यसका लागि संघर्ष गर्नुपर्ने उनको भनाइ छ । बिजुक्छेले स्थानीय सरकारलाई पूर्णरुपमा अधिकारसम्पन्न बनाउन नसक्नु सरकारको कमजोरी भएको उल्लेख गरे ।

उनले नेमकिपाको झण्डामुनी आइ जनताको निस्वार्थ सेवा समर्पित हुन आग्रह गरे । अध्यक्ष नारायणमान विजुक्छेँ रोहितको नेतृत्वमा विसं २०३१ माघ १० गते नेपाल मजदुर किसान पार्टीको स्थापना भएको थियो ।

पार्टीको साताैं महाधिवेशनसम्ममा पार्टी संस्थापक अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)लाई नै सर्वसम्मत अध्यक्ष चुन्दै आएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *