भूमि अध्यादेशबारे उपेन्द्र- सुकुम्वासीको नाममा जग्गा हड्प्न ल्याइयो, देशको अर्थतन्त्र पार्न खोजिँदैछ

काठमाडौं । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमि अध्यादेश देशको हितमा नभएको दाबी गरेका छन् ।

भूमि अध्यादेशबारे छलफल गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भूमाफियालाई पोस्नको लागि सरकारले अध्यादेश ल्याएको आरोप लगाए ।

उनले भने, ‘यो अध्यादेशले सुकुम्वासीको समस्या समाधान गर्दैन। सुकुम्वासीको नाममा भूमि माफिया र विचलौलियाहरुले जग्गा हडप्ने र बिक्री वितरण गर्ने उद्देश्यले ल्याएको छ । यसले देशको अर्थतन्त्रलाई चौपट पार्छ । पर्यावरणलाई नष्ट पार्छ ।’

उनले वन संरक्षण गर्छु भनेर अन्तराष्ट्रिय जगतमा सहयोग माग्ने तर, यस्तो कानून ल्याएको भन्दै असन्तुष्टि जनाए ।

 

Comments

One response to “भूमि अध्यादेशबारे उपेन्द्र- सुकुम्वासीको नाममा जग्गा हड्प्न ल्याइयो, देशको अर्थतन्त्र पार्न खोजिँदैछ”

  1. ksp pyl Avatar
    ksp pyl

    तराईका गरिवका जग्गा खाने नै तराईका यी सामन्तहरू हुन् । यिनलाई त्याहाका भूमिहिनले जग्गा पाउलान, स्वाभिमानी बन्लान र तिनलाई कज्याउन, ठग्न नपाईएला भनेर निद्रा लाग्न छोडेको छ । तिनले ठगेको, चोरेको जनताले विरोध गर्लान भनेर पहाडियाले हामीलाई ठगे भन्छन ध्यान मोडन । अब त तिमीहरूका ठग कुरा जनताले पत्याउन छाडिसके । होश गर है जनताले नेपालमा बस्ने ठाउँ नै नदेलान नि फेरि !

Leave a Reply

Your email address will not be published. Required fields are marked *