मेयरलाई सीडीओको जवाफ- प्रमाण लिएर आइज !

दाङ । कोहलपुर नगरपालिकाका मेयर पुर्णप्रसाद आचार्यले आफूलाई ‘भ्रष्ट’ भन्दै फेसबुकमा गालीगलौज गरेपछि बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले प्रमाण ल्याएर आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।

हिजोमात्र गृहमन्त्रालयमा सरुवा भएका सीडीओ रिजाललाई नैतिकरूपमा भ्रष्ट भएको र समाजलाई चौपट पार्न खोजेको गम्भीर आरोप लगाउँदै लामो स्टाटस लेखेका थिए । रिजालमाथि एसईईको परीक्षा केन्द्र निर्धारण गर्दा केही संस्थागत विद्यालयसँग सौदावाजी गरेको मेयर आचार्यको आरोप छ ।

मेयर आचार्यको स्टाटसलाई लिएर हामीले सीडीओ रिजालसँग सम्पर्क गर्‍यौं । मेयरको स्वार्थ पूरा नभएपछि आफूमाथि खनिएको रिजालले प्रतिक्रिया दिए ।

उनले नेपाल प्रेससँग भने,´उसले भनेको स्कूलमा सेन्टर परेन । उसको स्वार्थ पूरा भएन । त्यसैले फेसबुकमा लेखेको हो ।`

रिजालले मेयर आचार्यलाई प्रमाण लिएर आउन र प्रमाण ल्याउन नसके कानूनी कारवाही गर्ने भनिसकेको बताए ।

´मैले मेयरलाई प्रमाण ल्याएर आइज भनिसकेको छु । यदि उसले प्रमाण ल्याउन सकेन भने कानूनी कारवाही गर्छु`, सीडीओ रिजालले भने ।

सहसचिव रिजाल निजामतीमा अहिलेसम्म आर्थिकरूपमा कतै विवादमा नपरेका, पारदर्शी र स्वच्छ छविका प्रशासक भनेर चिनिन्छन् ।

कांग्रेसबाट मेयर जितेका आचार्यले आफूले भनेको ठाउँमा परीक्षा केन्द्र नपरेपछि रिजालको चरित्र हत्या गरेको स्रोतले बतायो ।

यो पनि पढ्नुहोस्- मन्त्रालय सरूवा भएका बाँकेका सीडीओलाई ‘भ्रष्ट’ भन्दै फेसबुकमा मेयरको गालीगलौज

Comments

5 responses to “मेयरलाई सीडीओको जवाफ- प्रमाण लिएर आइज !”

  1. dip prasad gyawali Avatar
    dip prasad gyawali

    बास्तविकता त सबैले बुझ्नु पर्छ आ आफ्नो अधिकार क्षेत्र निर्धारण गरिएको छ, मेयर cdo को क्षेत्रमा प्रवेश गर्नु दुखद विषय हो, बरु मेयरले सत प्रतिशत पास हुने गरि पढाइ ब्यबस्थापन गर्नु पर्यो परिक्षाकेन्द्र होईन

  2. raj Avatar
    raj

    मेयरसाप बढि नै स्वार्थमा अल्झनुहुन्छ बिना प्रमाण जिम्मेवार मान्छेले नैतिक पतनका कुरा गर्नु अस्वभाविक छ।बाेलिमा नरम ब्यबहारमा कडा सिडियाेकाे गुण नै हाे।
    प्रमाण ल्याए सिडियाे नल्याए मेयर लाई हदैसम्मकाे कार्वाही हुनैपर्छ

  3. kamal gurung Avatar
    kamal gurung

    के गर्ने सरकार आफ्नै रहेछ तेसैले मेयरकाे फुर्ति आएकाे सिडियाे जति ईमान्दार भएनि नेपालमा पाटिकाे गाेजिमा छ कानुन😄😄

  4. Eklo Manxe Avatar

    हैसियत बनाउन आफूले इमान्दारिता दायित्व निर्वाह र विवेकसिलताको आवश्यक पर्दछ ! मेयर पूर्ण प्रसादको अहंकारको प्रतिबिम्बित यस्ता थुप्रै गुनासो आम समाजमा विद्यमान छ ! क्षेत्रिय भावना र नपाउने पदको प्राप्ति आर्थिक चलखेलको चिन्तनले ग्रस्त हुँदा यी कुराहरु सतहमा छिरलिएका अवस्थामा सिडिओ माथिको यो अकर्मण्यता आउनु स्वाभाविक थियो कुनै कुनाबाट शुरुवात भएको छ !

  5. Shree Hari sharan Avatar

    हैसियत बनाउन आफूले इमान्दारिता दायित्व निर्वाह र विवेकसिलताको आवश्यक पर्दछ ! मेयर पूर्ण प्रसादको अहंकारको प्रतिबिम्बित यस्ता थुप्रै गुनासो आम समाजमा विद्यमान छ ! क्षेत्रिय भावना र नपाउने पदको प्राप्ति आर्थिक चलखेलको चिन्तनले ग्रस्त हुँदा यी कुराहरु सतहमा छिरलिएका अवस्थामा सिडिओ माथिको यो अकर्मण्यता आउनु स्वाभाविक थियो कुनै कुनाबाट शुरुवात भएको छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *