चितवन । आवधिक निर्वाचनमा हुने उम्मेदवारी, दल दर्ता, चुनावी घोषणा, मत माग्दै गर्ने घरदैलो त सामान्य नै हो । तर, अहिले स्थानीय तहका खानेपानी, वन, विद्यालय लगायतका समितिमा गठन हुने दलपिच्छेका उम्मेदवारी र चुनावी रौनक आवधिक निर्वाचनमा जस्तै देखिन थालेको छ ।
यस्तै रौनक देखिएको छ चितवनको भरतपुर महानगरपालिका- १९मा रहेको शारदानगर जागृति खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नयाँ नेतृत्वको लागि हुने निर्वाचनमा ।
भरतपुर महानगरपालिका वडा नम्बर–१९ मा दुई ठाउँमा खानेपानी परियोजना सञ्चालन गरिरहेको समितिले हालसम्म ३ हजार ७० घरधुरीमा पानी वितरण गरेको छ भने ५७ करोड बराबरको लागतमा खानेपानीको परियोजना भरतपुर–१९ स्थित शारदानगरमा र मिलडाँडामा सञ्चालन भइरहेको छ ।
भरतपुर महानगरपालिका ६ वटा वडामा खानेपानी वितरण गरिरहेको यस खानेपानी समितिको भोलि शनिबार नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा अध्यक्ष पदमा मात्रै पाँच जना उम्मेदवार छन् । उनीहरुले आफ्ना खानेपानी उपभोक्ताका घरघर पर्चा बाँड्दै हिँडेका छन् ।
कतिसम्म भने प्यानलसहित बाँडिएका उम्मेदवारीमा प्रतिवद्धता समेत उल्लेख गर्दै मतदाता प्रभावित गर्ने प्रयास भइरहेको छ । अध्यक्ष पदमा उमदवारी दिएका जसबहादुर गुरूङ र बालमाया घले नेपाली काँग्रेस निकटका उम्मेदवार छन् । गुरुङलाई थप भूपू सैनिक कल्याणकारी संस्थाको सहयोग छ । यस क्षेत्रमा भुपु सैनिक परिवारको बाक्लो बसाइ समेत रहेको छ ।
भने, मेखबहादुर तामाङ नेकपा एमाले निकट, दावा छिरिङ तामाङ माओवादी केन्द्र, र रामबहादुर गुरूङ ९बुलेट० स्वतन्त्र रहेका छन् । सबै उमेदवारहरुले घरदैलो अभियानमा भोट अपिल गर्दै हिँडिरहेका छन् । सामाजिक सञ्जालबाट समेत भोट माग्दैछन् ।
नौ पदको लागि हुने मतदानमा सबै अध्यक्षका प्रत्यासीको आआफ्नै कार्यसमिति सदस्यको प्यानल छ । अध्यक्षका उमेदवार जसबहादुर गुरूङले उपभोक्तालाई स्वच्छ र सर्वसुलभ खानेपानी पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनी नेतृत्वको उपाध्यक्षमा ओमबहादुर गुरूङ, सचिवमा मसिना गुरूङ, कोषाध्यक्षमा रामाकान्त ढकाल र सदस्यमा मीनाकुमारी घिमिरे, लक्ष्मीभक्त पौडेल, रमेश गुरूङ, खगराज सापकोटा र विजयलक्ष्मी घले रहेका छन् ।
अध्यक्षका अर्का उमेदवार दावा छिरिङ तामाङले न्यून मूल्य निर्धारण, सर्वसुलभ धारा जडान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनको समूहको उपाध्यक्षमा कृष्णबहादुर तामाङ, सचिवमा रामचन्द्र बस्ताकोटी, कोषाध्यक्षमा स्मृति विक र सदस्यहरुमा रिमबहादुर थापा, भानुभक्त कँडेल, हिरामणि महतो, सीता तामाङ र शुकबहादुर गुरूङ छन् ।
बढ्दो सहरीकरणसँगै अत्यधिक पानीको मागलाई ध्यान दिँदै उपभोक्ताको स्वास्थ्यलाई ख्याल राखेर स्वस्थकार पानी वितरणका निम्ति नयाँ प्रविधिबाट पानीको शुद्धता कायम गरी शुद्ध पानी मात्र वितरण गरिने अध्यक्षकी उमेदवार बालमाया घलेले प्रतिबद्धता जनाएकी छन् । उनको समूहको उपाध्यक्षमा डम्बरबहादुर तामाङ, सचिवमा शान्तिमाया तामाङ घले, कोषाध्यक्षमा सावित्रीकुमारी महतोलगायत छन् ।
अध्यक्षका अर्का प्रत्याशी मेखबहादुर तामाङले खानेपानीमा हुने भ्रष्टाचारको अन्त्य गर्ने बताएका छन् । उनले आफ्नो प्रतिबद्धतामा भ्रष्ट हुन्नौँ, भ्रष्टाचार सहन्नौँ भन्ने नीति पूर्णरुपमा लागू गरिने बताएका छन् ।
स्वच्छ र सुरक्षित खानेपानी, दिगो सरसफाइ व्यवस्था, पारदर्शी व्यवस्थापन र समुदायमुखी सेवा प्रवाहमा उनको जोड छ । उनको नेतृत्वको उपाध्यक्षमा ऋषिराम भण्डारी, सचिवमा डम्बरबहादुर गुरूङ, कोषाध्यक्षमा रामप्रसाद सुवेदी र सदस्यहरुमा कमला गुरूङ, बबिता गुरूङ, सीता लामा र खेमराज गुरूङ छन् ।
खानेपानी संस्थामा हालसम्म भएका विविध समस्याहरुको निराकरण र भावी सम्भावनालाई नागरिक समाज र समुदायमा सरल, सहज र सर्वसुलभ हिसाबमा केन्द्रित गर्ने गरी खानेपानी संस्थाको नेतृत्व गर्ने योजना रहेको अध्यक्षका प्रत्याशी रामबहादुर गुरूङ ९बुलेट०को छ । उनी नेतृत्वको उपाध्यक्षमा राजु गुरूङ, सचिवमा महेन्द्रप्रसाद तिमिल्सिना, कोषाध्यक्षमा हेमराज चौधरी र सदस्यहरुमा प्रकाश कँडेल, गणेशबहादुर खत्री, लक्ष्मण सापकोटा, प्रेमप्रसाद कँडेल र यादवप्रसाद कँडेल (यदु) छन् ।

Leave a Reply