नैनसिंह महरको प्रस्ताव- विदेशी विद्यार्थीहरुलाई नेपालमा पढ्नको लागि छात्रवृत्तिको व्यवस्था गरौं

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेपालमा विदेशी विद्यार्थीहरुलाई पढ्नको लागि छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने बताएका छन्।

नेशनल प्याव्सनको महाधिवेशनलाई सम्बोधन गर्दै उनले गृहमन्त्री रमेश लेखकलाई बजेटमा विदेशी विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने प्रस्ताव राखे।

उनले भने, ‘हामी नयाँ बजेको पूर्वअभ्यासमा छौं। नेपालभित्रै सरकारले छात्रवृत्ति दिनेगरी विश्वविद्यालय र स्कुलहरुमा विदेशी विद्यार्थीहरु पढ्नको लागि छात्रवृत्तिको व्यवस्था गरौं। त्यसले नेपालप्रति माया हुन्छ, भारतबाट, जापानबाट, चीनबाट विद्यार्थी आउँलान्।’

उनले अहिलेको सरकार निजी क्षेत्रप्रति सरकारात्मक रहेको बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *