काठमाडौं । रास्वपाका सांसद हरि ढकालले दलीयकरणकै कारणले शिक्षा क्षेत्र भद्रगोल बनेको टिप्पणी गरेका छन् ।
नेशनल प्याव्सनको महाधिवेशनलाई सम्बोधन गर्दै दलीयरहित कार्यसमिति बनाउन सुझाव दिए ।
उनले भने, ‘गृहमन्त्री नै यही हुनुहुन्छ, यो ३५ वर्षमा उपलब्धिहरू भएको छ। तर यो बीचमा अनावश्यक दलीयकरणको कारणले शिक्षा क्षेत्रको हालत के छ भन्ने कुरा जगजाहेर छ । सबै जान्दछौँ तर जान्दाजान्दै हामी कतिपयले चाहिँ बुझ पचाउने गरेका छौँ ।’
उनले खानेपानी, वन, स्कुललगायतमा पनि राजनीतिकरण भएको भएकै कारणले राज्यको संरचनाले काम गर्न छाडेको बताए ।

Leave a Reply