आँखामा खुर्सानीको धुलो छर्केर चोरी गर्न खोज्दा झडप

हेटौँडा । मकवानपुरमा एक जना चोरी गर्न आएका व्यक्तिले घरमा रहेकाहरूलाई आँखामा खुर्सानीको धुलो छर्केर चोरी गर्न खोज्दा भएको झडपमा घरधनी सहित चोरी गर्न आएका व्यक्ति घाइते भएका छन् ।

फागुन १५ गते राती करिब ८ बजे आफ्नै घर इन्द्र सरोबर गाउँपालिका वडा नम्बर ३ अदुवाबारीमा घरमा खाना खाइरहेको अवस्थामा एक जना अपरिचित व्यक्ति घरमा प्रवेश गरेर खाना खाइरहेका ६३ वर्षका मीनबहादुर भ्लोन र उनकी श्रीमती देवी माया भ्लोनको आँखामा खुर्सानी फ्याँकेर चोरीको प्रयास गरेका थिए ।

अपरिचित व्यक्तिले एक्कासि खुर्सानीको धुलो छर्केर चोरीको प्रयास गरेपछि भएको झडपमा घरधनी श्रीमान्-श्रीमती सहित चोरिगर्न आएका व्यक्तिपनि घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।

घाइते भ्लोन दम्पतीको हाल हेटौँडा अस्पतालमा उपचारका भइरहेको र चोरी गर्न आएका व्यक्तिको चितवनमा उपचार भइरहेको प्रहरीको भनाई छ ।

घाइते मध्ये श्रीमान् मीनबहादुरको करङको हड्डी भाँच्चिएको, हातमा, ढाडमा चोट लागेको, श्रीमतीको आँखा र हातमा चोट लागेको र उनीहरूको अवस्था मध्यम रहेको प्रहरीको भनाई छ ।

चोरी गर्न आएका व्यक्तिको अवस्था भने गम्भीर रहेको बताइएको छ । उनको टाउकोमा चोट लागेको र रगत जमेको कारण हेटौँडामा उपचार सम्भव नभएपछि चितवन पठाइएको प्रहरीको भनाई छ । चोरी गर्न आएका व्यक्तिको हालसम्म पहिचान खुलिनसकेको प्रहरीको भनाई छ ।

घटनाको जानकारी पछि स्थानीय प्रहरी पुगेर तीनैजनालाई उद्धार गरेर अस्पताल ल्याएका थिए । फिल्मी शैलीमा चोरी गर्न खोज्दा घटना भएको बुझिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *