दोबाटोमा विद्यार्थी राजनीति- ‘सो कल्ड एक्टिभिजम्’ कि ‘रियल रेप्रिजेन्टेसन’ ?

जबजब स्ववियू चुनावको मिति नजिकिँदै जान्छ तबतब नेपाली समाजमा छेडिन्छ ‘विद्यार्थी राजनीतिको औचित्य’ माथिको छलफल । चिया पसलदेखि टेलिभिजन, सामाजिक सञ्जाल, विभिन्न पत्र-पत्रिकामा यी बहसहले ठाउँ जमाएको देखिन्छन् । विद्यार्थी राजनीतिका गन्यमान्य हस्तिहरू (आ-आफ्नो गच्छेअनुसार) चियापसलको अनौपचारिक छलफलको के कुरा ,टेलिभिजनका टक शोहरू मूल विषयमा प्रवेश नै नगरी एपिसोड सक्काइएका प्रशस्त उदाहरण छन् ।

राष्ट्रिय राजनीति, दल वा नेता विशेषका धारणामाथि छलफल भएर टुङ्गिन्छन् अधिकांश टक शो वा डिबेटहरू । ‘आफूले आस्था राख्ने दल सरकारमा हुँदा पेट्रोलियम पदार्थ को भाउ बढ्दा किन नबोलेको ?, फलानो विधेयकविरुद्ध सडकमा किन नआएको ? भन्ने जस्ता प्रश्न त्यस्ता टक शो को सबैभन्दा खरो प्रश्नमा गनिन्छन् ।

विश्व इतिहासलाई खोताल्ने हो भने विद्यार्थी राजनीति ‘प्रि हिटलर’समयमा नाजी विद्यार्थीहरूको सक्रियता हुँदै सन् १९६० को दशकमा भएको अमेरिकन सिभिल राइट्स मुभमेन्ट हुँदै यहाँसम्म आइपुगेको छ । हाम्रै छिमेकी देश भारत बेलायती उपनिवेशबाट स्वतन्त्र हुनलाई विभिन्न विद्यार्थी आन्दोलन र सहभागीताले टेवा पुर्‍यायो ।

विद्यार्थी संगठनहरू इमानदार बन्न आवश्यक छ । विद्यार्थीहरूको आवाज बोकेर हिँड्न सक्ने, विद्यार्थीमाझ नै बसेर विद्यार्थीका साझा मुद्दा रेप्रीजेन्ट हुनेगरी नीति बन्ने तहमै हस्तक्षेपकारी भूमिका खेल्न सक्ने व्यक्तिलाई विद्यार्थी संगठनहरूले आफ्नो उम्मेदवार बनाउनुपर्छ । पहुँच र पैसा खर्च गर्न सक्ने आधारमा होइन बौद्धिक र नीतिगत चेत भएको व्यक्तिलाई अघि सार्नुपर्छ ।

त्यसैको प्रभावले नेपालको सन्दर्भमा नियाल्दा सन् १९४७ मा ‘जयतु संस्कृतम्’ आन्दोलनले राणाविरुद्ध क्रान्तिको उद्घोष गरेर विद्यार्थी आन्दोलनको औपचारिकरूपमा सुरूवात भएको पाउन सकिन्छ । विद्यार्थी राजनीति सुरूवात भएको आठ दसकमा राणा शासनको अन्त्य, क्रमशः वि.सं. २०४६ र २०६२-६३ को जनआन्दोलनको अग्रस्थानमा रहेर नेतृत्व गरेको विद्यार्थी आन्दोलन आज पेट्रोलको भाउ बढ्दा र आफ्नो दल सत्ताबाहिर हुँदा सडकमा सत्तापक्षको विरोध गर्न प्रयोग भइरहेको हामी देखिरहेका छौँ ।

इतिहासमा विद्यार्थी राजनीतिले खेलेको भूमिका अत्यन्तै महत्त्वपूर्ण थियो । राजनीतिक परिवर्तनको उद्देश्य बोकेका ती आन्दोलनले सफलता हासिल पनि गर्‍यो । आजको समाज हिजोको जस्तो छैन र रहेन पनि । अहिलेको विद्यार्थी राजनीतिले नि त्यही विगतको धार समात्नु अब औचित्य रहँदैन ।अबको विद्यार्थी आन्दोलनले देशको राजनीतिक परिवर्तनमात्र नभई सामाजिक,शैक्षिक र आर्थिक परिवर्तनको एजेन्डा बोकेर अघि सर्नुपर्ने देखिन्छ । तर, विडम्बना अहिलेको विद्यार्थी राजनीति दलतन्त्रको भुमरीमा फसेको छ, अल्झिएको छ यही नै वर्तमान विद्यार्थी आन्दोलनको मुख्य समस्या बन्न पुगेको छ ।

विद्यार्थी आन्दोलन नाम दिएर विद्यार्थी राजनीतिलाई सडक केन्द्रित गरियो । इतिहासका घटना हेर्दा विद्यार्थी राजनीतिको स्थापना र निरन्तरता सडक केन्द्रित गतिविधिमा बढी केन्द्रित देखिन्छ । विद्यार्थीका मुद्दा उठाएर, शिक्षा क्षेत्रमा रहेका बेथिति बिसङ्गतीविरुद्ध आवाज उठाउनुपर्ने विद्यार्थी सङ्गठनहरू आफूनिकट दलको सडकको सारथिमा सीमित भए । विद्यार्थीका सारथि बन्नुपर्ने विद्यार्थी नेता, नेताको सारथि बनिदिँदा विद्यार्थी आन्दोलनले सोचेको गति लिन सकेको छैन ।

विद्यार्थी आन्दोलनबाटै आफ्नो छवि बनाएका र पार्टीको महत्वपूर्ण भूमिकामा पुगेका शेरबहादुर देउवा, ईश्वर पोखरेल, गगन थापा, योगेश भट्टराई, रामकुमारी झाँक्रीजस्ता नेताले विद्यार्थी राजनीति गर्नेलाई बुझाउनुपर्ने थियो । अब तपाईंहरूको लडाइँ रियल रेप्रीजेन्टेसनको लागि हो ।

आफ्नो दलको ‘दलदल’ बाट बाहिरिन प्रयासरत केही तप्कालाई पनि एक्टिभिजमको भुतले च्याप्पै समातेको छ । सम्बन्धित निकायले सुन्छ कि सुन्दैन भन्दा पनि प्रेसको क्यामेराले देख्छ कि देख्दैन भन्ने कुरो बढी महत्वपूर्ण बनिदिन थाल्यो र हाबी भयो (सो कल्ड एक्टिभिजम्) यहीँ चुक्यो, विद्यार्थी राजनीति र विद्यार्थी आन्दोलनले चाहेको ‘रियल रेप्रीजेन्टेसन्’ ।

विद्यार्थी आन्दोलनबाटै आफ्नो छवि बनाएका र पार्टीको महत्वपूर्ण भूमिकामा पुगेका शेरबहादुर देउवा, ईश्वर पोखरेल, गगन थापा, योगेश भट्टराई, रामकुमारी झाँक्रीजस्ता नेताले विद्यार्थी राजनीति गर्नेलाई बुझाउनुपर्ने थियो । अब तपाईंहरूको लडाइँ रियल रेप्रीजेन्टेसनको लागि हो । आफ्नो निर्वाचन क्षेत्र र पार्टीभित्रको व्यस्तता र कार्यभारले गर्दा होला उहाँहरूले यो कार्यभार लिन चाहनुभएन । उहाँहरूले त्यो भूमिकामा पुगिसकेपछि आजसम्म ‘एक्टिभिजम’ र ‘रेप्रीजेन्टेसन्’ बीच पक्कै फरक महसुस गर्नुभएको छ ।

क्याम्पसमा भर्ना हुन आएका नयाँ विद्यार्थीलाई कसरी आफू निकट बनाउँ, कसरी मेरो संगठनमा आवद्ध बनाउँ भन्ने कुरा मस्तिष्कमा समर्पित विद्यार्थी राजनीतिमा लागेका नेताहरूले बुझ्नुपर्ने कुरा धेरै छन् । भर्ना गर्दा मेरिट लिस्टमा धाँधली गर्ने, छात्रवृत्तिको एजेन्डा बोकेर क्याम्पसमाथि अनादर व्यवहार गरेर आफ्नो राजनीति जीवन सफल हुन्छ भन्ने भ्रम जबसम्म मस्तिष्कको कुनामा झुन्डिएर बस्छ तबसम्म विद्यार्थी राजनीतिमा सफल हुन्छु भनेर हिँडेका आम विद्यार्थी नेताहरू भ्रममा बाँचिरहेका छ्न् ।

अबको बाटो भनेको सुधारको बाटो समात्नु हो । त्रिभुवन विश्वविद्यालयले चैत ५ गते स्ववियू निर्वाचन गर्ने घोषणा गरेको छ । स्ववियूलाई ‘मिनी पार्लियामेन्ट’ को रूपमा हेरिन्छ । विद्यार्थीको सहभागिता यहीँ हुने हो । शैक्षिक सुधारको निम्ति नीति बनाउने, विद्यार्थीहरूको समस्या समाधान गर्ने, क्षमता अभिवृद्धि गर्ने, क्याम्पस प्रशासनलाई पारदर्शी र विद्यार्थीका मुद्दाहरूमा जवाफदेहिता खोज्ने अभिभारा बोकेको स्ववियू बलियो बन्नु आवश्यक छ ।

विद्यार्थी राजनीति सुरूवात भएको आठ दसकमा राणा शासनको अन्त्य, क्रमशः वि.सं. २०४६ र २०६२-६३ को जनआन्दोलनको अग्रस्थानमा रहेर नेतृत्व गरेको विद्यार्थी आन्दोलन आज पेट्रोलको भाउ बढ्दा र आफ्नो दल सत्ताबाहिर हुँदा सडकमा सत्तापक्षको विरोध गर्न प्रयोग भइरहेको हामी देखिरहेका छौँ ।

यसका निम्ति विद्यार्थी संगठनहरू इमानदार बन्न आवश्यक छ । विद्यार्थीहरूको आवाज बोकेर हिँड्न सक्ने, विद्यार्थीमाझ नै बसेर विद्यार्थीका साझा मुद्दा रेप्रीजेन्ट हुनेगरी नीति बन्ने तहमै हस्तक्षेपकारी भूमिका खेल्न सक्ने व्यक्तिलाई विद्यार्थी संगठनहरूले आफ्नो उम्मेदवार बनाउनुपर्छ । पहुँच र पैसा खर्च गर्न सक्ने आधारमा होइन बौद्धिक र नीतिगत चेत भएको व्यक्तिलाई अघि सार्नुपर्छ । भोलि निर्वाचित भएर फेरि एक्टिभिजम् मै रमाउने होइन, विद्यार्थी राजनीतिलाई हाँक्ने, विद्यार्थीको मुद्दा ‘रेप्रीजेन्ट’ गर्ने खालको नेतृत्व स्ववियू चुनावले जन्माउनुपर्छ ।

अब पनि क्यामेरा र माइक देखेपछि मात्रै बोल्ने, खपतका निम्ति भड्किलो एवम् तथ्यहीन भाषण गरेर सस्तो लोकप्रियतामा रमाउने खालको विद्यार्थी नेताहरूले ठाउँ पाउँदै जाने र बौद्धिक, सक्षम व्यक्ति ओझेलमा पर्दै जाने हो र एक्टिभिजम्‌मै रमाउने हो भने विद्यार्थी राजनीतिको औचित्य र यसको भविष्यमाथि ठूलो प्रश्नचिह्न खडा हुन्छ । क्याम्पस परिसर वा सडकमा यो भएन, त्यो भएन भन्ने खालको होइन । क्याम्पस प्रशासनसँगै बसेर क्याम्पस प्रशासनले लिने हरेक निर्णय विद्यार्थीको हक हितमा हुनेगरी हस्तक्षेपकारी ढंगले उठाएर हिँड्न क्यामेराको अगाडि देखिने ‘एक्टिभिस्ट’ होइन , विद्यार्थीका मुद्दाको साझा नेतृत्व लिएर हिँड्ने ‘रेप्रीजेन्टेटिभ’ आजको आवश्यकता हो ।

यसले आज विद्यार्थी राजनीतिमाथि उठ्ने प्रश्न र लाग्ने लाञ्छना निराकरणमा टेवा पुर्‍याउँछ ।आज स्ववियु निर्वाचन हुने हरेक आंगिक क्याम्पसहरूले सही नेतृत्व चयन गरेर उदाहरण पेस गर्न सके सम्बन्धन प्राप्त कलेजहरुमा पनि स्ववियु चुनाव गराउनका निमित्त दबाब बढ्नेछ, विद्यार्थीहरुले स्ववियुको आवश्यकता अपनत्व लिनेछन् । यसले शिक्षा क्षेत्रमा त्यस्ता सम्बन्धन लिएर संचालनमा रहेका विशेषत: निजी कलेजहरूमा देखिएका चर्को शुल्क, अव्यवस्थित र भद्रगोल प्रशासन, अन्य विभिन्न लापरवाहीहरूको अन्त्य हुनेछ । अत: सक्षम स्ववियूले विद्यार्थी आन्दोलनको उचाइ थप दरिलो, फराकिलो एवम् गर्विलो बनाउनेछ ।

(लेखक नेशनल ल कलेज, सानेपा ललितपुरमा अध्यनरत छन् ।)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *