सरकारका प्रवक्ताले भने- पोखरालाई पर्यटकीय राजधानी भनेर निर्णय गरिएको छैन

पोखरा । नेपाल सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरालाई पर्यटकीय राजधानी भनेर सरकारले निर्णय नगरेको बताएका छन् ।

पोखरामा आजदेखि सुरु भएको १२औं लिटरेचर फेस्टिभलको उद्घाटन गर्दै प्रवक्ता गुरुङले सरकारले अहिलेसम्म पोखरालाई पर्यटकीय राजधानी भनेर निर्णय नगरेको बताएका हुन् ।

‘यहाँ मैले एउटा शब्द देखेको छु । पोखरा टुरिजम क्यापिटल अफ नेपाल भन्याछ । आजसम्म नेपाल सरकारले यो निर्णय गरेको छैन । हल्लाको कुरा हो । किनभने हल्लै हल्लाको देश हो भनेर भूपि शेरचनको कविता पढेकै हो । सरकारको क्याविनेटले गर्नुपर्‍यो नी । आधिकारिक निर्णय त,’ उनले भने ।

गत चैत ४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सहभागितामा पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *