सिद्धान्त भट्टलाई केन्द्रीय क्याम्पस कीर्तिपुरको सभापति उम्मेदवार बनाउने अनेरास्ववियुको निर्णय

काठमाडौं । विश्वविद्यालय सुधारका लागि विभिन्न रचनात्मक आन्दोलनको नेतृत्व गरिरहेका अभियन्ता सिद्धान्त भट्ट त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरको सभापति उम्मेदवार बनेका छन् ।

एमालेनिकट अनेरास्ववियुले भट्टलाई आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सभापति उम्मेदवार बनाएको हो । भट्ट हाल केन्द्रीय क्याम्पसको स्ववियु सचिव छन् ।

अनेरास्ववियु केन्द्रीय अध्यक्ष समिक बडालको उपस्थितिमा भट्टलाई सभापति उम्मेदवार घोषणा गरिएको प्रवक्ता प्रकाश पौडेलले जानकारी दिए ।

२ वर्षअघि सम्पन्न स्ववियु निर्वाचनमा अखिलका सभापति उम्मेदवार झिनो मतले पराजित हुँदा भट्टसहित सदस्यहरु भने निर्वाचित भएका थिए । सिद्धान्त अनेरास्ववियु केन्द्रीय क्याम्पस कमिटीका अध्यक्ष समेत हुन् ।

विश्वविद्यालयभित्र झाङ्गिँदै गएको विकृति विसङ्गति र बेतिथि अन्त्य गरी स्वच्छ शैक्षिक प्राज्ञिक वातावरण निर्माण गर्न र आउने पुस्तालाई अहिले विद्यार्थीले भोग्दै आएको समस्याबाट छुटकारा दिलाउन भन्दै उनले गत मंसिरमा सत्याग्रह समेत गरेका थिए ।

 

Comments

One response to “सिद्धान्त भट्टलाई केन्द्रीय क्याम्पस कीर्तिपुरको सभापति उम्मेदवार बनाउने अनेरास्ववियुको निर्णय”

  1. Aadarsha Nyaupane Avatar
    Aadarsha Nyaupane

    सिद्धान्तजी स्वच्छ प्रतिस्पर्धा गरौंला

Leave a Reply

Your email address will not be published. Required fields are marked *