युएईबाट बोटिम मार्फत पठाएको पैसा आईएमई पेमा प्राप्त गर्दा बोनस पाइने

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आईएमई पे ले  युएईबाट बोटिम मार्फत पठाएको पैसा आईएमई पेमा प्राप्त गर्दा रु. ५०० सम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ ।

“बोटिम” एप मार्फत युएईमा बस्ने नेपालीले नेपालमा आईएमई पे एपमा रकम पठाउन मिल्ने साझेदारी अन्तर्गत यो अफरले युएईमा रहेका नेपाली दाजुभाई तथा  दिदीबहिनीमा थप उत्साह थप्न मद्दत गर्ने विश्वास कम्पनिले राखेको छ ।

यही फाल्गुन १५ देखि चैत्र १५ सम्म लागु हुने अफर अन्तर्गत  नेपाली रु. १०,००० वा त्यो भन्दा बढी प्राप्त गर्ने १० जना भाग्यशाली विजेताले बोनस रकम प्राप्त गर्न सक्नेछन्  ।

आईएमई पेमा विदेशको कुनै पनि कुनाबाट पठाएको रकम सजिलै प्राप्त गर्न सकिन्छ। विदेशमा कडा परिश्रम गरी कमाएर पठाएको पैसा सुरक्षित माध्यम मार्फत छिट्टै र सजिलै नेपालमा आफ्नो परिवारको हातमा प्राप्त गराउन आईएमई पेले लामो समय देखि सेवा दिँदै आएको छ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *