लैंगिक न्यायकाे बिगुल फुक्न नेपाल आएकी क्यानेडियन अभियन्तासँग एक विमर्श (भिडिओ)

काठमाडौं । नेपाल एक बहुआयामिक मुलुक हो । यहाँ भाषा, संस्कृति, धर्म तथा जातजातिमा विविधता छ । त्यस्तै, विश्वका कतिपय मुलुकहरु पनि बहुसांस्कृतिक संरचनामा आधारित छन् ।

यसरी विश्वभरी नै भएको फरकपनामध्ये एउटा सामाजिक मूल्य भनेको लिंग हो । नेपालसहित विश्वका विभिन्न देशहरुमा लैंगिक असमानता, पितृसतात्मक सोच जस्ता सामाजिक कुरीतिका तत्वहरुले समाजको उन्नतिलाई पछाडि पारिरहेको हुन्छ ।

यसका निराकरणका लागि विश्वव्यापी रुपमै अभियानहरु चलेका छन् । जसमा सन् १८४८ मा सेनेका फल्स कन्भेन्सनबाट महिलालाई समान अधिकार दिनुपर्छ भनेर सुरु भएको लैंगिक समानताको अभियान सुरु भयो । सुरुवाती अवस्थामा पुरुषलाई छुट्याइएको अभियान वा असमानता हुनुमा पुरुषकै दोष देखाइएका यस्ता कार्यक्रमहरुमा करिब ३ दशक अघिदेखि भने आमूल परिवर्तन आएको छ ।

यही फराकिलो रुपान्तरण जसमा लैंगिक न्याय र पुरुषत्वको विश्वव्यापी रुपान्तरणबारे विश्वमा विभिन्न प्रयासहरु भइरहेका छन् । जसमध्ये नेपालमा पहिलोपटक ‘लैंगिक न्यायः पुरुषत्वको रुपान्तरण, स्थानीयदेखि विश्वव्यापी दृष्टिकोण’ शीर्षकमा अनुसन्धान सम्मेलन सम्पन्न भयो । आज हामी यिनै प्रयासहरुबारे छलफल गर्दैछौं । जसका लागि नेपाल प्रेसकर्मी एसपी उप्रेतीले विश्वव्यापी सामाजिक अभियन्ता एवम् क्यानडाको क्यालगेरी विश्वविद्यालयकी सहप्राध्यापक डा. लिजा लोरेन्जेटीसँग संवाद गरेका छन् ।

संवादकाे सम्पादित अंश:

मलाई नेपालीहरुको हस्पिटालिटी निकै मन परेको छ । जहाँ गएपनि उनीहरुको स्वागत गर्ने बानीले मलाई हर्षित तुल्यायो । लाग्यो नेपालमै बसिरहुँ । चितवनको जंगल सफारी, त्यहाँको स्थानीय संस्कृतिका केही झल्कोले आनन्दित बनायो । तर त्यहाँ जाने बाटो भने एकदमै बिग्रेको रहेछ ।

म क्यानडामा त्यहाँ रहेका नेपालभाषी भुटानी समुदायसँग रहेर पनि धेरै काम गरेको छु । जहाँ कमल खतिवडा हुनुहुन्छ । जसले आफ्नो समाजमा निकै योगदान गरिरहनु भएको छ ।

लैंगिक समानताको कुरा गर्दा क्यानडा र नेपालमा मात्रै नभएर म युरोपका अधिकांश देश गएको छु । त्यहाँदेखि यहाँसम्म आआफ्नै किसिमका बाँच्ने शैली देखेको छु । हरेक समुदायको सबल र सुधार्नुपर्ने पक्षलाई मैले अनुभव गरेकी छु जुन कुरा नेपालको हकमा पनि लागू हुन्छ ।

तर हाम्रो लागि निकै सुखद कुरा भने हिजोका दिनमा महिलाहरु एक्लै आफ्नो अधिकार र स्वतन्त्रको लागि लडेका थिए । लड्ने गर्थे । तर समय क्रमसँगै सबै कुरा बदलिएको छ । आज परिवारमा पुरुषहरुले पनि आफ्ना महिलाहरुको बारेमा बराबर साथ दिइरहेका छन् । यो निकै सह्रानीय कुरा हो । मैले यो क्षेत्रमा तीन दशकबढी बिताएको छु । मेरो अनुभवले पनि देखाउँछ कि परिवर्तन भएको छ ।

नेपाल र क्यानडासहित ७ देशमा हामीले पुरुषत्व रुपान्तरणका गतिविधि गरिरहेका छौं । जसको सुरुवात नेपालबाट गर्यौं । यसपछि अन्य देशहरुमा पनि नियमित हुँदै जानेछ । यो हाम्रो विश्वव्यापी प्रयास हो । तर परिवर्तन भने अर्को देशको मान्छेले ल्याइदिँदैन । यहाँकै स्थानीय जोडबलले रुपान्तरण आउने हो । नेपालबाट क्यानडामा रहने मेरो साथी डा. रिता ढुंगेल, यहीँ रहेर अभियानमा सघाउने विभिन्न संघ संस्थाका मानिसहरुप्रति म आभारी छु ।

घरमा श्रीमती पिट्ने अनि बाहिर आएर लैंगिक समानताको ठूला नारा लगाउने पुरुषबाट परिवर्तन सम्भव छैन । त्यसैले घरबाट सुरु हुनुपर्छ । स्थानीयहरु नै जागरुक हुनुपर्छ । तर विश्वमा के भइरहेको छ भनेर जान्न र देख्नको लागि पनि यस्ता किसिमका सम्मेलन आवश्यक छन् । यद्यपि रुपान्तरण नेपालीले नै आफ्नो क्षेत्रमा गर्ने हो । हामीले आफ्ना अनुभव बाँड्न सक्छौं ।

नेपालको छोटो बसाइ निकै स्मरणीय बनेको छ । आगामी दिनमा पनि मेरो छोरीलाई लिएर यहाँ आउने ईच्छा छ ।

यस्तो छ पूरा संवादः

 

Comments

2 responses to “लैंगिक न्यायकाे बिगुल फुक्न नेपाल आएकी क्यानेडियन अभियन्तासँग एक विमर्श (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    यी जासुस हुन सक्छन् । यिनीहरूले विगुल फुक्नै पर्दैन । नेपाली आफैं सक्षम छन् । कयानडामाभन्दा नेपालमा महिलालाई संरक्षण छ ।समानताका नाममा समाज भाँडने, जासुसी गर्ने, दलाली गर्ने यिनलाई रोक्नुपर्छ ।

  2. Kshetri Indra Avatar
    Kshetri Indra

    अन्धविस्वास,रूढीवाद,छुवाछुत र भेदभाव विरूद्ध जनचेतना फैलाउनुलाइ त नेपालमा नास्तिकता फैलाएको भन्छन् हैन र ? त्यहि भएर खाना खानु अघि र दिशा बसे पछि हात धुनु पर्छ भनेर सिकाउने यू एस एडको हूर्मत लिइरहेका छन् । खेतीमा नाइट्रोजन,फस्फोरस र पोटास हाल्न लगाएर खेति उन्मूलन गरेको रे । बिफ्फर,ठेउला,पानीसरा,मलेरिया,हात्तिपाइले,अोँलो विरूद्ध सूइ घोचेर ति रोग उन्मूलन गरेको हैन रे,नेपालीलाइ नपूँसक बनाएको रे अमेरिकाले । पोलियो थोपा खुवाएर अायोडिन युक्त नून बाँडेर कुपोषण,लुलो लङ्गडो र गलगाँडबाट मुक्त गरेको हैन रे … अपुताली पारेको रे । नपत्याए भरत दाहालको भनाइ यू ट्यूबमा हेर्न सकिन्छ । युवराज सङ्ग्रोाले पनि यस्तै यस्तै भन्छन् । त्यत्रा विद्वानहरूले भनेको कुरा नपतयएर यि गोरिनीले गरेको कल्ले प्त्याउँछ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *