हेटौँडा । इङ्लिस प्रिमियर लिग (इपीएल)को मङ्गलवार राती भएको खेलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले जित हासिल गर्दा दोस्रो स्थानको आर्सनल र तेस्रो स्थानको नटिङ्घम फरेस्टले बराबरी खेलेका छन् ।
चौथो स्थानको सिटीले टोटनह्याम्पलाई १-० ले पराजित गर्दा फरेस्ट र आर्सनलले गोलरहित बराबरीमा खेल सकेका थिए ।
सिटीलाई जित दिलाउन एक मात्र गोल हाल्याण्डले खेलको १२ औँ मिनेटमा गरेका थिए । नटिङ्घम र आर्सनलको बराबरीले प्रत्यक्ष फाइदा भने लिग लिडर लिभरपुललाई भएको छ ।
मंगलबार नै भएको अर्को खेलमा म्यानचेस्टर युनाईटेडले इस्विच टाउनलाई ३-२ ले पराजित गरेको छ । अर्को खेलमा बेनफोर्ड र एभर्टन १-१ को बराबरीमा रोकिएको छ ।
मङ्गलवारको खेलपछि तालिकामा २८ खेलबाट लिभरपुल ६७ अङ्क सहित पहिलो स्थानमा यथावत् रहँदा २७ खेलबाट ५४ अङ्क सहित आर्सनल दोस्रो, ४८ अङ्क सहित नटिङ्घम तेस्रो तथा ४७ अङ्क सहित म्यानचेस्टर सिटी चौथो स्थानमा छ ।

Leave a Reply