हेटौँडा । मकवानपुरको हेटौँडामा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रुको ज्यान गएको छ ।
हेटौँडा-६ सल्लाघारी क्षेत्रमा भएको घटनामा स्थानीय रामनगर निवासी ६१ वर्षका कमल बहादुर बोहराको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
फागुन १४ गते साँझ ६:३० मा सल्लाघारीको भित्री सडकखण्डमा (विजय पथ) रामनगर तर्फबाट हात्तिलेट तर्फ आउँदै गरेको ना ५४ प १८७६ नम्बरको मोटरसाइकलले पैदल यात्री बोहरालाई ठक्कर दिएको थियो ।
ठक्करपछि गम्भीर घाइते भएका उनको उपचारको क्रममा चितवनको भरतपुर स्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको प्रहरीको भनाई छ ।
मोटरसाइकल चालक स्थानीय हात्तिलेट निवासी विदुर सापकोटा भने फरार रहेको र उनको खोजीकार्य जारी रहेको प्रहरीको भनाई छ ।

Leave a Reply